Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeEntertainmentआज नयाँ मिस नेपाल छानिदै, २४ मध्ये कुन सुन्दरीले जित्लान ताज ?

आज नयाँ मिस नेपाल छानिदै, २४ मध्ये कुन सुन्दरीले जित्लान ताज ?


काठमाडौं । आज नयाँ मिस नेपालको भाग्य फैसला हुँदैछ । बेलुका ललितपुरमा हुने ग्रान्ड फिनालेमार्फत २४ जना सुन्दरीबाट नयाँ मिस नेपाल छान्न लागिएको हो ।

द हिडन ट्रेजरले मिस नेपाल प्रतियोगिताको आयोजना गर्दै आएको भएपनि कोरोना महामारीको कारण अघिल्ला दुई वर्ष प्रतियोगिता रोकिएको थियो । यसपटक भौतिकरुपमै आयोजना हुन लागेको ग्रान्ड फिनालेलाई भव्य रुपमा सम्पन्न गरिने आयोजकले जानकारि दिएका छन् । फिनालेमा गीत तथा नृत्य प्रस्तुतिसमेत दिइने भएको छ । ६ जना चिकित्सकसहित विभिन्न पेसा व्यवसायका सुन्दरी यो पटक मिस नेपाल उपाधिको होडमा छन् । अहिलेसम्मकै धेरै आवेदन अर्थात झन्डै ८०० सुन्दरीले दिएको आवेदनबाट अडिसन हुँदै अन्तिम २४ जना छानिएको थियो । पहिलोपटक कर्णाली प्रदेशको राजधानी सुर्खेतमासमेत यो वर्ष मिस नेपालको अडिसन आयोजना गरिएको थियो ।

यी हुन २४ प्रतिस्पर्धी
आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुंगाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बास्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठ ।

यसपटकको संस्करणबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थ छानिनेछन् । सुप्रान्यासनल टाइटललाई हटाइएको प्रतियोगिताबाट बाँकी ९ वटा सब–टाइटल विजेतासमेत घोषणा हुनेछन् । आजको फिनालेमा नीति शाहसहित ११ जना निर्णायक सहभागि हुनेछन भने विजेतालाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याउनुहुनेछ ।


ट्याग : #ग्रान्ड फिनालेमा २४ सुन्दरी, #द हिडन ट्रेजर, #मिस नेपाल प्रतियोगिता
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6