Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsजेठ महिनामा बढ्यो नेपाल आउने रेमिट्यान्स, समग्रमा भने घट्दै !

जेठ महिनामा बढ्यो नेपाल आउने रेमिट्यान्स, समग्रमा भने घट्दै !


काठमाडौं । जेठ महिनामा नेपालको विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३ दशमलब ८ प्रतिशतले बृद्धि भएको छ। अघिल्लो वर्षको यहि अवधिमा १२दशमलब ६ प्रतिशतले बढेको रेमिट्यान्समा यस वर्ष भने संकुचन भएको पाइएको हो । नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म नेपालमा कुल ९०४ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ दशमलब ५ प्रतिशतले वृद्धि भएर ७ अर्ब ५१ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १०दशमलब ५ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३ लाख १३ हजार ३६७ पुगेको छ। तर रोजगारीमा जानेहरुको संख्या बढिरहँदा समेत रेमिट्यान्स बढ्न सकेको छैन ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २०८ दशमलब ३ प्रतिशतले वृद्धि भई २ लाख ५९ हजार ९१ पुगेको छ। अघिल्लो वर्षको यो अवधिमा यो संख्या ५२ दशमलब १ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर ३दशमलब ६ प्रतिशतले वृद्धि भई १००६ अर्ब ७ करोड पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो ट्रान्सफर ११ दशमलब ५ प्रतिशतले बढेको थियो।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6