Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsहजारौँको भीडमा रविको आमसभा, बालेनको प्रशंशा गर्दै भने “बा हरुलाई बिदाई गरौँ”

हजारौँको भीडमा रविको आमसभा, बालेनको प्रशंशा गर्दै भने “बा हरुलाई बिदाई गरौँ”


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले काठमाडौं महानगपालिका मेयर बालेन्द्र साहको प्रशंशा गर्दै पछाडी बा थपिएकाहरुलाई विदाई गर्नुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंको खुल्ला मञ्चमा आयोजित सभामा अध्यक्ष लामिछानेले मेयर साहले अवैध संरचनामा डोजर चलाएको भन्दै प्रशंशा गर्नुभएको हो ।

मेयर साहको प्रशंशा गर्नुभएका लामिछानेले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई अब विदा गर्नुपर्ने धारणा राख्नुभएको छ । पछाडि ‘बा’ भएका तीन जनालाई ससम्मान विदा गर्नुपर्ने भन्दै नाम लिनुभएका लामिछानेले भन्नुभयो – “पछाडि ‘बा’ भएकाहरु केपी बा, देउवा र नानीका बा हरुलाई अब ससम्मान विदा गर्नुपर्छ किनकी अगाडि ‘बा’ भएकाहरु (बालेन) डोजर लिएर निस्किसके ।” राजनीतिक दलका शीर्ष नेताहरुले विगतमा गरेका योगदानप्रति सम्मान रहेको भन्दै लामिछानेले अहिले भने पुराना नेताहरुको काम घिनलाग्दो भएको बताउनुभयो । अहिलेको जस्तो घिनलाग्दो राजनीति जान्न र सिक्न आवश्यक नभएको जिकिर गर्दैलामिछानेले अब पुराना नेता र पार्टीको बिकल्प खोज्न उपस्थित सबैलाई आह्वान गर्नुभएको थियो ।

देशभरकोे पार्टी विस्तार अभियान र सभा सकेर काठमाडौं फर्किनुभएका अध्यक्ष लामीछाने उपस्थित भीडभाड देखेर निक्कै हौसिनुभएको थियो । न्यूज २४ टेलिभिजनमा सिधा कुरा जनतासँग कार्यक्रम चलाएर चर्चित बन्नुभएका कार्यक्रम प्रस्तोता लामिछाने आफैले ग्यालेक्सी फोर के टीभी खोल्ने अभियानको नेतृत्व गरेपनि केही महिना अघि पत्रकारीता छाडेर राजनीतिमा होमिनुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6