Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalपोर्चुगलमा तीजको रौनक, दिनहु हुँदैछन संस्कृति बचाउने विभिन्न कार्यक्रम !

पोर्चुगलमा तीजको रौनक, दिनहु हुँदैछन संस्कृति बचाउने विभिन्न कार्यक्रम !


अमृत मरठ्ठा, पोर्चुगल । स्वदेशसँगै प्रवासमा पनि हिन्दू महिलाको प्रमुख चाड तीजको रौनक सुरु भएको छ । रोजगारी, अध्ययन, व्यवसाय तथा अन्य विभिन्न कामका लागि प्रवासमा बस्दै आएका महिला दिदीबहिनीहरुले आफ्नै र विभिन्न संघ, संस्थाहरुको पहलमा आफ्नो समय अनुकूल तीज मनाउने गरेका हुन् ।

तीज नजिकिएसँगै युरोपेली मुलुक पोर्चुगलमा पनि विभिन्न तिज विषेश कार्यक्रमको आयोजना भैरहेको छ । ‘परम्परा बचाउ,बिकृती हटाउ’ भन्ने नारा सहित नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर २४ अगस्ट बुधबार, चितवन समाज पोर्चुगलले राष्ट्रिय कलाकार भगवान भण्डारी, देबिका केसी, जेबि ओलिको साथमा पुरस्कार राशी सहितको तिज गीत प्रतियोगिता एबम् साँस्कृतिक कार्यकम सम्पन्न गरेको छ ।

‘ओक मुन्दो रेष्टुरेन्टु लिस्वोनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा एनआरएनए पोर्चुगलका संस्थापक अध्यक्ष पूर्णबहादुर हमालको उपस्थिति रहेको थियो । देश बाहिर भएर कार्यक्रममा सहभागि नभएपनि नेपाली समाजका सस्थापक अध्यक्ष तुलसीराम थपलियाले शुभकामना दिनुभएको वर्तमान अध्यक्ष रवि अर्यालले जानकारि दिनुभयो ।

यी हुन तीज गित प्रतियोगिता भाग लिने टिमहरु

१ स्यांजा समाज पोर्चुगल
२ महिला समाज पोर्चुगल
३ एनआईएएलपी सिलाई समुह
४ नारि समाज पोर्चुगल
५ बागलुङ समाज पोर्चुगल

भगवान भण्डारी र देबिका के.सी निर्णायक रहेको प्रतियोगितामा स्याङ्जा समाज पोर्चुगल पहिलो बन्दै ३५० दोश्रो बन्दै बागलुङ समाज पोर्चुगलले २५० र एनआईएएलपी सिलाई समुह तेस्रो स्थान प्राप्त गर्दै १५० डलर प्राप्त गर्न सफल भएका थिए । कोरोना महामारीका कारण २ वर्षसम्म खुला रूपमा हुन नसकेको तीज साँस्कृतिक कार्यक्रम यो बर्ष भने भव्य तयारीका साथ निरन्तर भइरहेको समाजका अध्यक्ष अर्यालले जानकारी दिनुभयो ।

पोर्चुगलमा मात्र नभइ युरोपमा पहिलो पटक तिज गित प्रतियोगिता एबम सास्कृतिक कार्यकम गरेर तीज मनाउने शुरूवात चितवन समाज पोर्चुगलले गरेको उपध्यक्ष सम्झना अधिकारीले जानकारि दिनुभयो । कार्यक्रममा नेपाल बाट अउनुभएका आमा बुबाहरुलाई सम्मान समेत गरिएको थियो।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6