Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा दुई दिनपछि सांसद चुन्ने आम निर्वाचन, आजबाट सुरु भयो मौन अवधी !

नेपालमा दुई दिनपछि सांसद चुन्ने आम निर्वाचन, आजबाट सुरु भयो मौन अवधी !


काठमाडौं। पाँच वर्षका लागि नेपालको प्रदेश र प्रतिनिधि सभाका सांसद चुन्ने आम निर्वाचन अर्थात मतदानको दिन आउन मात्र २ दिन बाँकी छ । मंसिर ४ अर्थात नोभेम्बर २० मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा बिहीबार मध्यरातिबाट मौन अवधि सुरु भएको छ।

कानुनी व्यवस्था अनुसार मतदानको ४८ घण्टाअघिदेखी राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न बन्द भएको छ । यो अवधीमा सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री सम्प्रेषण गर्न पार्टी वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार लगायतका कुनैपनि सामाग्री प्रकासन प्रशारण गर्न गराउन पाइदैन । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ। निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा नराख्न, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न नगराउन समेत सर्वसाधारणलाई निर्वाचन आयोगले आह्वान गरेको छ ।

निर्वाचनलाई धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधिको व्यवस्था गरिएको दाबी गर्ने निर्वाचन आयोगले मौन अवधिमा बन्देज गरिएका राजनीतिक गतिबिधि भएमा वा मतदाता प्रभावित पार्ने कुनैपनि गतिबिधि भएमा २५ हजार जरिवाना हुने जनाएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको बिहिबारको बैठकले नै मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा, जुलुस र नाराबाजी नगर्न सचेत गराएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6