Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअमेरिका निवासी करण राईलाई ‘द भ्वाइस अफ नेपाल’को चौथो संस्करणको उपाधि

अमेरिका निवासी करण राईलाई ‘द भ्वाइस अफ नेपाल’को चौथो संस्करणको उपाधि


काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनबाट करण राई विजेता बन्नुभएको छ । शुक्रबार राती भएको ग्राण्ड फिनालेमा दर्शकको भोटको आधारमा राई विजेता बन्नुभएको हो

विजेता बनेसँगै करणले नगद २५ लाखसहित पल्सर एन १६० मोटरसाइकल, साढे दुई तोला सुनको सिक्री, ग्यालेक्सी जेड फोल्ड फोन पुरस्कार प्राप्त गर्नुभएको छ । टिम राजुबाट प्रतिस्पर्धा गर्नुभएका करण विजेता बन्दा टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप बन्नुभएको छ । टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप र टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बन्नुभएको छ ।

अन्तिम ११ मा पर्न सफल ट्यालेन्टले गायकी प्रस्तुत गरेको ग्राण्ड फिनाले भव्य र रोचक बनेको थियो । विजेता राई अमेरिकामा बस्दै आउनुभएको छ । यसअघि पहिलो सिजनको उपाधि सिडी विजय अधिकारी, दोस्रो संस्करणको उपाधि राम लिम्बु र तेस्रो संस्करणको उपाधि किरण गजमेरले जितेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6