Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहारबाट १० को मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहारबाट १० को मृत्यु


काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहारबाट १० जनाको ज्यान गएको छ । यो घटनामा कम्तीमा अरु १० जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

स्थानीय समय अनुसार शनिवार राति १० बजेर २० मिनेटमा लुनार नयाँ वर्षका अवसरमा रमाइलो गर्न हजारौं मानिस भेला भएको समयमा गोली प्रहार भएको क्यालिफोर्नियाको प्रहरीले जानकारि दिएको छ । लुनार नयाँ वर्षको एक हप्ता लामो उत्सव मनाउन हजारौँ व्यक्तिको उपस्थिति रहेको समयमा, राति उत्सव सकिनुभन्दा केही मिनेट अघि मात्र गोली चलेको प्रहरीले जनाएपनि कारण खुलेको छैन ।

एक जना पुरुषले मेसिनगनबाट गोली चलाएको प्रारम्भिक आँकलन गरेको प्रहरीले अनुसन्धान भैरहेको जनाएको छ । गोली चलाउने व्यक्ति तथा गोली चलाउनुको कारण नयाँ वर्षको उत्सवसँग सम्बन्धित नरहेको निष्कर्षमा पुगेको प्रहरीले बाँकी अनुसन्धान गरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6