Monday, 27 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsभौतिक पूर्वाधारमन्त्री आफैंले गाडि चलाएर उद्घाटन गरे नागढुंगा-काठमाडौं सुरुङमार्ग

भौतिक पूर्वाधारमन्त्री आफैंले गाडि चलाएर उद्घाटन गरे नागढुंगा-काठमाडौं सुरुङमार्ग


काठमाडौं/ नेपालको पहिलो सडक सुरुङमार्ग नागढुंगा-काठमाडौं सुरुङमार्ग सोमबार उद्घाटन भएको छ। उद्घाटनअघि स्थानीयले विभिन्न माग राख्दै प्रदर्शन गरेका थिए।

नागढुंगा सुरुङमार्ग पीडित संघर्ष समितिको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले सुरुङमार्गसँगै निर्माण हुनुपर्ने अन्य पूर्वाधार तत्काल निर्माण गर्न माग गरेका थिए।

आकाशेपुल तत्काल बनाउन, सडक पेटी फराकिलो बनाउन, आयोजनाबाट प्रभावित स्थानीयलाई रोजगारी सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ।

यस्तै, जेब्रा क्रसिङ र ट्राफिक लाइटको व्यवस्था गर्न तथा फ्लाइओभरको नाम ‘किसिपिँडी फ्लाइओभर’ राख्नुपर्ने माग समेत गरेका छन्।

प्रदर्शनका क्रममा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो। प्रदर्शनकारीले मूल सडकमा प्रदर्शन गर्न खोजेपछि प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाएको थियो।

स्थानीयले आफ्ना माग तत्काल सम्बोधन गर्न सरकार र सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल आफैंले सुरुङमार्गमा गाडि चलाएर उद्घाटन गरेका हुन्।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-27' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6