सरकारले विदेशमा जन्मिएका नेपालीका सन्तानलाई आमाको स्वघोषणा र नेपाली नियोगको दर्ता नम्बरका आधारमा राहदानी जारी गर्ने व्यवस्था गरेको छ।
मंगलबार परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा जन्मिएका नेपाली सन्तानलाई पहिचानविहीन र राज्यविहीन हुनबाट जोगाउन यस्तो व्यवस्था गरिएको बताएका हुन्। यस्तै, राहदानी ऐन संशोधन विधेयक प्रतिनिधिसभामा पेश भएको छ। विधेयकमा पहिलोपटक अस्थायी राहदानीको व्यवस्था पनि गरिएको छ।
विदेशमा अलपत्र परेका वा उद्धार आवश्यक भएका नेपालीको राहदानीको म्याद सकिएमा अस्थायी राहदानी जारी गर्ने कानुनी बाटो खुल्ने मन्त्री खनालले बताए।
यस्तै, भिसा आवेदनका लागि निजी कम्पनीका भिसा सर्भिस सेन्टर अर्थात् भीएफएसमार्फत आवेदन र बायोमेट्रिक डेटा संकलन गर्न सकिने प्रावधान पनि राखिएको छ।
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
तपाईको प्रतिक्रिया