Wednesday, 9 September 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeInternationalजापानमा नेपाली विद्यार्थीको मृत्यु प्रकरणमा तीन नेपाली पक्राउ

जापानमा नेपाली विद्यार्थीको मृत्यु प्रकरणमा तीन नेपाली पक्राउ


जापानको फुकुओका क्षेत्रमा नेपाली युवतीको मृत्यु प्रकरणमा तीन नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अगस्ट १९ मा फुकुओकाको एक खोलामा तैरिरहेको अवस्थामा २५ वर्षीया नेपाली युवतीको शव फेला परेको थियो। प्रहरीका अनुसार मृतकको अनुहार र हातमा चोटका निशान देखिएका थिए।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले २८, २५ वर्षीय युवती र २२ वर्षीय युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

मृतक बस्दै आएको अपार्टमेन्टमा रगतका छिटासमेत भेटिएको प्रहरीको रिपोर्टमा उल्लेख गरिएको बताइएको छ।

मृत्युको कारण र घटनाको वास्तविकता भने प्रहरीले अझै सार्वजनिक गरेको छैन।

जापानमा अध्ययन तथा रोजगारीका लागि जाने नेपालीको संख्या बढिरहेका बेला भएको यो घटनाले त्यहाँ रहेका नेपालीलाई थप सचेत र संयमित रहनुपर्ने सन्देश दिएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-09-09' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6