Thursday, 10 September 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaब्रिसबेनमा एआईबाट ट्राफिक बत्ती नियन्त्रणको परीक्षण

ब्रिसबेनमा एआईबाट ट्राफिक बत्ती नियन्त्रणको परीक्षण


ब्रिसबेन सिटी काउन्सिलले करिब १५ मिलियन अष्ट्रेलियन डलर खर्च गरेर ६ महिनाको परीक्षण गर्नेछ।

परीक्षण लोगन रोडका २२ वटा र केल्भिन ग्रोभ रोडका १५ वटा गरी ३७ वटा चोकमा हुनेछ। यो परीक्षण अर्को वर्षको सुरुतिर सुरु गर्ने योजना छ।

हाल सडकमा प्रयोग भइरहेको ट्राफिक बत्तीको प्रणाली दशकौँ पुरानो छ। नयाँ प्रणालीमा क्यामेरा र एआई प्रयोग गरी कार, बस, ट्रक, साइकल र पैदलयात्रीको आवागमन पहिचान गरिनेछ।

सडकमा सवारीको चाप र चोकमा लागेको लाइन हेरेर एआईले ट्राफिक बत्तीको समय मिलाउनेछ। मौसम र ठूला कार्यक्रमका कारण ट्राफिकको अवस्था परिवर्तन भए पनि प्रणालीले त्यसअनुसार आफ्नो व्यवस्थापन बदल्न सक्नेछ।

यसबाट यात्रा समय १५ प्रतिशतसम्म घट्ने, चोकमा सवारीको लाइन २२ प्रतिशतसम्म कम हुने र पछाडिबाट हुने सवारी दुर्घटना १२ प्रतिशतसम्म घट्ने अपेक्षा गरिएको छ। रातो बत्ती मिच्ने घटना पनि १८ प्रतिशतसम्म कम हुने अनुमान छ।

प्रणाली स्वचालित भए पनि यसको निगरानी मानव अधिकारीले गर्नेछन्। क्यामेराबाट संकलित संवेदनशील व्यक्तिगत विवरण सुरक्षित राखिनेछ र डाटा ब्रिसबेन सिटी काउन्सिलकै डेटा सेन्टरमा भण्डारण गरिनेछ।

परीक्षण सफल भएमा यो प्रविधि राज्य सरकारसँगको सहकार्यमा १ हजारभन्दा बढी चोकमा विस्तार गर्न सकिने काउन्सिलको योजना छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-09-10' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6