भोटेकोशी बाढी उद्धारमा अस्ट्रेलियाको १५ सदस्यीय टोली परिचालन
अस्ट्रेलियाले राहत सामग्रीसहितको जहाज नेपाल पठाइसकेको छ भने विपद् व्यवस्थापन तथा उद्धारका लागि १५ सदस्यीय विपद् उद्धार तथा सहायता टोली नेपाल पठाएको राजदूत साइमनले बताए।
टोलीमा न्यू साउथ वेल्स र क्विन्सल्यान्डका विशेषज्ञ ड्रोन अपरेटरसमेत छन्। उनीहरूले भवन तथा सुरुङभित्र खोजी गर्न सक्ने साना ड्रोन र थर्मल इमेजिङ प्रणाली भएका ठूला ड्रोन प्रयोग गरिरहेका छन्।
अस्ट्रेलियाली टोलीले नेपाली सेना तथा अन्य सुरक्षा निकायसँग समन्वय गरी खोज तथा उद्धारमा सहयोग गरिरहेको राजदूत साइमनले बताए।
उनका अनुसार अस्ट्रेलियाका ३६ नागरिक अझै सम्पर्कविहीन छन्। उनीहरूका परिवारलाई सहयोग गर्न काठमाडौंस्थित अस्ट्रेलियाली दूतावासमा छुट्टै सहायता टोलीसमेत परिचालन गरिएको छ।
राजदूत साइमनले विपद्को अवस्थामा नेपालसँग सहकार्य गर्न पाउँदा अस्ट्रेलिया प्रतिबद्ध र गौरवान्वित रहेको बताए।
अस्ट्रेलियाले उद्धारपछि प्रारम्भिक पुनःस्थापनामा समेत सक्दो सहयोग गर्ने जनाएको छ।















तपाईको प्रतिक्रिया