अस्ट्रेलियामा विद्यार्थी भिसा नियममा थप कडाइ, परिवार लैजान रोक!
काठमाडौं- अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थी र अन्य अस्थायी भिसामा गएकालाई लक्षित गर्दै आप्रवासन नियममा थप कडाइ गर्ने घोषणा गरेको छ।
अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले बिहीबार नेसनल प्रेस क्लबमा सम्बोधन गर्दै नयाँ योजनाअनुसार अधिकांश अन्तर्राष्ट्रिय विद्यार्थीले अध्ययनका क्रममा आफ्नो श्रीमान्-श्रीमती वा छोराछोरीलाई अस्ट्रेलिया लैजान नपाउने व्यवस्था गरिएको बताएका छन्। हाल विद्यार्थी भिसामा रहेका विद्यार्थीले निश्चित सर्त पूरा गरेर आफ्ना परिवारका सदस्यलाई ‘secondary applicant’ का रूपमा अस्ट्रेलिया लैजान सक्ने व्यवस्था छ।
सरकारले यो परिवर्तनमार्फत अस्ट्रेलियाको नेट ओभरसिज माइग्रेसन घटाउने लक्ष्य राखेको छ।
सरकारले सन् २०२६-२७ मा नेट ओभरसिज माइग्रेसन २ लाख ४५ हजार र २०२७-२८ मा २ लाख २५ हजारमा झार्ने लक्ष्य राखेको छ।














तपाईको प्रतिक्रिया