Sunday, 20 September 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअस्ट्रेलियामा १ लाख ८१ हजार कामदारको ४५ करोड ३० लाख डलर फिर्ता

अस्ट्रेलियामा १ लाख ८१ हजार कामदारको ४५ करोड ३० लाख डलर फिर्ता


अस्ट्रेलियामा आर्थिक वर्ष २०२५/२६ मा १ लाख ८१ हजारभन्दा बढी कामदारको ४५ करोड ३० लाख अस्ट्रेलियन डलर बक्यौता पारिश्रमिक तथा सेवा सुविधा फिर्ता गरिएको छ।

फेयर वर्क ओम्बुड्सम्यानका अनुसार यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ९ करोड ५० लाख डलर अर्थात् २७ प्रतिशतले बढी हो।

फिर्ता गरिएको रकममा न्यून पारिश्रमिक, ओभरटाइम, बिदा तथा सुपरलगायत कानुनी रूपमा पाउनुपर्ने सेवा सुविधाका बक्यौता समेटिएका छन्।

ठूला कर्पोरेटबाट मात्रै २१ करोड ७३ लाख डलरभन्दा बढी फिर्ता गराइएको छ।

फेयर वर्क ओम्बुड्सम्यान अन्ना बुथले कानुनअनुसारको पारिश्रमिक वा सेवा सुविधा नपाएका कामदारलाई फेयर वर्कसँग निःशुल्क सहयोग र परामर्श लिन आग्रह गरेकी छन्।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-09-20' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6