Sunday, 25 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ News ∕ बेलायत सरकारको आग्रह- आपत्कालीन अवस्थाका लागि ३ दिन पुग्ने खाद्यान्न र पानी राख्नू

बेलायत सरकारको आग्रह- आपत्कालीन अवस्थाका लागि ३ दिन पुग्ने खाद्यान्न र पानी राख्नू


बेलायत सरकारले आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै प्रत्येक घरपरिवारलाई कम्तीमा तीन दिनसम्म पुग्ने खाना, पानी र आवश्यक सामान घरमै राख्न आग्रह गरेको छ।

सरकारले अक्टोबर २२ मा सार्वजनिक गरेको ‘बी रेडी’ (Be Ready) अभियानअन्तर्गत यस्तो सुझाव दिएको हो। यो अभियानले हावाहुरी, बाढी, डढेलो, बिजुली कटौती तथा फोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा पनि घरपरिवारलाई दैनिक जीवन चलाउन आवश्यक तयारी गर्न प्रोत्साहित गर्छ।

सरकारको सुझावअनुसार प्रत्येक व्यक्तिका लागि दैनिक कम्तीमा तीन लिटर पिउने पानी राख्नुपर्ट तीन दिनसम्म पुग्ने लामो समयसम्म बिग्रँदैनन्‌ भन्ने प्रकारका खाद्यान्न राख्नुपर्छ। यसबाहेक टर्च, अतिरिक्त ब्याट्री, मोबाइल चार्ज गर्ने पावर बैंक, प्राथमिक उपचारका सामग्री र आवश्यक औषधि पनि तयारी अवस्थामा राख्न सुझाव दिइएको छ।

बेलायतको मन्त्रिपरिषद् कार्यालयका अनुसार, आपत्कालीन अवस्थामा घरपरिवार आफैँले केही दिन व्यवस्थापन गर्न सक्दा उद्धार तथा आपत्कालीन सेवाले बढी सहयोग आवश्यक पर्ने व्यक्तिलाई प्राथमिकतामा राखेर सहायता दिन सक्छन्।

फ्रान्स, आयरल्यान्ड र नेदरल्यान्ड्समा पनि यस्तै पूर्वतयारीको अभ्यास रहेको बेलायत सरकारले जनाएको छ। सरकारले यो अभियानमार्फत नागरिकलाई आपत्कालीन अवस्थाका लागि बिस्तारै तयारी गर्न र छिमेकी तथा जोखिममा रहेका व्यक्तिलाई सहयोग गर्न पनि आग्रह गरेको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-25' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6