Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबेलायतका स्वास्थ्य विज्ञहरुले मागे नेपालका लागि खोप र स्वास्थ्य सामग्री

बेलायतका स्वास्थ्य विज्ञहरुले मागे नेपालका लागि खोप र स्वास्थ्य सामग्री


काठमाडौं । बेलायतका विज्ञहरुले नेपाललाई कोरोना विरुद्धको खोप र अन्य आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन बेलायत सरकार समक्ष आग्रह गरेका छन् । बेलायतका स्वास्थ्य विज्ञ तथा खोप अनुसन्धानकर्ताहरु एन्ड्रयु पोलर्ड, सेरा गिल्वर्ड, सर जेरेमी फर्रर, निकोलस ह्वाइट लगायतले बेलायती विदेश सचिव डोमिनिक रावलाई पत्र लेखेर नेपाल कोरोना महामारीको अत्यन्त संकटमा रहेको भन्दै खोप, अक्सिजन लगायत आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन आग्रह गरेका हुन् ।

पोलर्ड र फर्रर अक्सफोर्ड–एस्ट्राजेनिका खोपको विकासमा संलग्न वैज्ञानिकहरु समेत हुन् । नेपाल सरकारले पनि बेलायतबाट एस्ट्राजेनिकाको खोप ल्याउन पहल गरिरहेको छ । बिहीबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजदूत निकोला पोटिलसँग खोप उपलब्ध गराउन आग्रह गर्नुभएको थियो । बेलायत सरकारलाई खोपका लागि आग्रह गर्नेमा बेलायतका पर्वतारोही, ब्रिटिश गोर्खाका प्रतिनिधि, नेपालका लागि पूर्वबेलायती राजदूतहरु समेत रहेका छन् । उनीहरुले नेपालको स्वास्थ्य प्रणाली नाजुक अवस्थामा पुगेको र नेपालका अस्पतालहरुमा बेड र अक्सिजनको चरम अभाव भएको जानकारीसहित बेलायत सरकारको साथ सहयोगको अपेक्षा गर्दै आएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6