Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसर्वोच्च अदालतको अन्तरिम आदेश,‘इ–कमर्स’को सेवा नरोक्नु

सर्वोच्च अदालतको अन्तरिम आदेश,‘इ–कमर्स’को सेवा नरोक्नु


काठमाडौं । सर्वोच्च अदालतले निषेधाज्ञाका क्रममा ‘इ–कमर्स’को सेवा प्रदान गर्ने कम्पनीहरुमाथी बन्देज नलगाउन अन्तरिम आदेश जारी गरेको छ । निकेत अग्रवालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसमेतलाई विक्षी बनाएर उत्प्रेषण आदेशको मागसहित दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै अदालतले ‘इ–कमर्स’ सेवा प्रदायकको सेवा नरोक्न अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा. कुमार चुडालको संयुक्त इजलासले अनलाइन माध्यमबाट खरिद, विक्री तथा होम डेलिभरीको सेवा प्रदान गर्ने कम्पनीहरुलाई मुद्दाको अन्तिम किनारा नलागुन्जेलसम्म सेवा प्रदान गर्ने काममा अवरोध नगर्न, नगराउन अन्तरिम आदेश जारी गरेको हो । कोभिड–१९ को संकट व्यवस्थापन गर्न जेठ २ गते बनेको अध्यादेशले पनि अत्यावश्यक सेवा बाहेकको सेवालाई मात्र नियन्त्रण गरी बन्देज लगाएको र गत वर्षको निषेध आदेशको समयमा पनि अत्यावश्यक वस्तु तथा सेवा होम डेलिभरी गर्ने सम्बन्धी मापदण्ड जारी भएको सर्वोच्चले प्रस्ट पारेको छ ।

भिडभाड कम गर्न, सकेसम्म नागरिकलाई घर बाहिर जानु नपर्ने स्थिति सिर्जना गर्न ‘इ–कमर्स’को भुमिका रहेको दाबीसहित स्वास्थ्य सुरक्षाको सम्पूर्ण उपाय अवलम्बन गरी हुने खरिद, विक्री तथा होम डेलिभरीको कामलाई नरोक्न अदालतले विपक्षीको नाममा अन्तरिम आदेश दिएको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6