Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsओलीको एकता आह्वानमा जालझेल रहेको नेपाल–खनाल समूहको निष्कर्ष

ओलीको एकता आह्वानमा जालझेल रहेको नेपाल–खनाल समूहको निष्कर्ष


काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पार्टी एकताको आह्वान भ्रम सिर्जना गर्ने उद्देश्यबाट गरिएको ठहर गरेको छ । पार्टी एकताका लागि ओलीले गरेको आह्वानको जवाफ दिदै नेपाल–खनाल पक्षले जालझेल, अन्योल र भ्रमको आधारमा अरुलाई अल्मल्याउने तथा विभाजित गर्ने दुराशय देखिएको जानकारी गराएको हो ।

सोमबार बसेको आफ्नो समूहको स्थायी कमिटी बैठकको निर्णय प्रेस वक्तव्यमार्फत सार्वजनिक गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले ओलीले कुनै पनि कुराहरुको सम्बोधन नगरी तथा कुनै वार्ता नभई एकताको लागि गरिएको आह्वान एकताको पक्षमा नभइ केवल भ्रम सिर्जना गर्ने उद्देश्यबाट प्रेरित भएको दाबी गर्नुभएको छ । विधान र सामुहिक नेतृत्व अनुरुप पार्टीलाई एकताबद्ध बनाउने उहाँको सोच नै नरहेको देखिएकोले अध्यक्ष केपी ओलीको वक्तव्यको भ्रममा नपरी सशक्त रुपमा पार्टीको समग्र एकता, संगठन निर्माण र सञ्चालनको मार्गमा अघि बढ्न हामी पार्टीका सम्पूर्ण इमान्दार नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा हार्दिक आह्वान गर्दछौं।’ नेता नेपालद्वारा जारी वक्तव्यमा भनिएको छ । संसद विघटन फिर्ता लिएमा आफूहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटबाट हस्ताक्षर स्वतः फिर्ता लिने जवाफ समेत नेपाल पक्षले दिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ पूर्वको स्थितिमा फर्काउन आफू तयार रहेको भन्दै पार्टी एकताका लागि ६ बुँदे आह्वान गरेपनि प्रतिनिधिसभा विघटनमार्फत नेपालको संविधान, लोकतन्त्र र संसदमाथी गरिएको प्रहारका कारण ओलीलाई सजिलै विश्वास गर्ने अवस्था नदेखिएको नेपाल खनाल पक्षको ठहर छ । ‘प्रतिनिधि सभाको असंवैधानिक विघटनको जिम्मेवारी लिएर त्यस्तो गलत निर्णयलाई सच्याउने कुरा गर्नुको साटो सर्वोच्च अदालतमा प्रतिनिधि सभाको पुनःस्थापनाका लागि दायर रिट निवेदनमा हामीले गरेको हस्ताक्षर फिर्ता हुनुपर्ने पूर्वशर्त राखिएको छ । उक्त रिट निवेदन प्रधानमन्त्रीबाट प्रतिनिधि सभाको असंवैधानिक विघटनका कारण नेपालको संविधान, लोकतन्त्र र संसदको रक्षा गर्नुपर्ने आवश्यकताको परिणाम हो ।

प्रधानमन्त्रीबाट प्रतिनिधि सभाको विघटनको निर्णय फिर्ता भएमा यस सम्बन्धी विवादको स्वतः निरुपण हुनेछ,’ नेता नेपाल समूहको जवाफमा भनिएको छ ।

यस्तो छ नेपालको जवाफ :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6