Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा भेरोसेलको खोप लगाउने अभियान सुरु

नेपालमा भेरोसेलको खोप लगाउने अभियान सुरु


काठमाडौं । सरकारले आजदेखी देखि ६० देखि ६४ वर्ष उमेर समूहकालाई खोप दिने भने पनि अन्तिम समयमा आएर उमेर समूह परिवर्तन गरिएको छ । काठमाडौं उपत्यकामा ६० देखि ६४ वर्षका नागरिकलाई खोप दिइदैछ भने काठमाडौं उपत्यकाबाहिर ६२ देखि ६४ वर्ष उमेरकालाई मात्र खोप दिन सुरु गरिएको खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिनुभयो ।

कोभिड खोप विज्ञ सल्लाहकार समितिका संयोजक डाक्टर श्यामराज उप्रेतीले खोपको अभाव रहेकाले जोखिमलाई मध्यनजर गरेर प्राथमिकताका आधारमा ६० देखि ६२ को साटो ६२ देखि ६४ वर्षका नागरिकलाई खोप दिन लागिएको जानकारी दिनुभयो । ६० देखि ६४ वर्ष उमेर समूहका नागरिक आठ लाख ५४ हजार रहेकाले खोपको दोस्रो मात्रा नपुग्ने भन्दै खोप लगाउने पूर्वसन्ध्यामा ६२ देखि ६४ वर्षकालाई खोप दिनेगरि उमेर समूह सच्चाइएको छ । चीनले केही दिनअघि अनुदानमा पठाएको १० लाख डोज खोप मंगलबारदेखि देशभर लगाइँदैछ । ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिक चार लाखभन्दा धेरै छन् । यसले गर्दा चीनबाट आएको खोपले दोस्रो डोज दिन पुग्ने आँकलन गरिएको छ । खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य गरिएको छ ।

यता, कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउन बाँकी रहेकालाई उच्च प्राथमिकतामा राखेर खोपको पहल भैरहेको स्वास्थ्य मन्त्रालयले बताए पनि खोप कहाँबाट ल्याउने भन्ने टुङ्गो अझै लागेको छैन । सरकारले खोप खरिदका लागि अमेरिका, चीन, रुस, डेनमार्क लगायत देशमा पहल गरे पनि खोप खरिदको टुङ्गो लागेको छैन । नेपालमा ६५ वर्षमाथिका १४ लाखभन्दा धेरै नागरिक कोभिसिल्डको दोस्रो डोजको पर्खाइमा रहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6