Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsदेशभर सक्रिय बन्दै मनसुन, अब कोरोनासँगै बाढी पहिरोको त्रास

देशभर सक्रिय बन्दै मनसुन, अब कोरोनासँगै बाढी पहिरोको त्रास


काठमाडौं । देशभर मनसुनी वर्षा सक्रिय हुन थालेको छ । प्रदेश १ देखि लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म मनसुनी वायुको प्रभाव फैलिएको तथा बाँकी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको हो ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही तथा अन्य प्रदेशका एक दुई स्थानमा वर्षा भइरहेको छ। आज देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा देशका धेरै स्थानमा मेघगर्जन,चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ।प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना आँकलन गर्दै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यो बर्ष समयमै मनसुनभित्रिएसँगै देशका विभिन्न स्थानमा वर्षा शुरु भएको छ । एक दुई दिनमै मनसुन देशभर पुग्ने अनुमान गरिएको छ । २८ गते देखि सुरु भएको मनसुन हिजो २ बजदेखिे लुम्बिनी प्रदेशमा पुगेको थियो ।

यो हप्ता हल्का देखि मध्यम बर्षा हुने र साताको मध्य तथा अन्त्यतिर तराईका केही भुभाग र गण्डकी र सदुरपश्चिम प्रदेशमा भारी बर्षा हुने मौसमबिद्को अनुमान छ । मनसुन सक्रिय हुन थालेसँगै नदी तथा तटिय क्षेत्रमा आवश्यक सतर्कता अपनाउनु हुन मौसम विज्ञान विभागले अनुरोध गरेको छ । हाल देशको पूर्वी र मध्य भूभागमा उत्तर पश्चिम बंगालको खाडी र आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभाव तथा पश्चिमी भूभागमा पश्चिमीवायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको विभागले जनाएको छ । मनसुनी वर्षसँगै पर्ने ठुलो पानीका कारण नदीमा पानीको बहाव बढ्ने,पहिरो जाने स्थानमा सतर्कता अपनाउन मौसमविद् वरुण पौडलले आग्रह गरेका छन् ।

समयमै मनसुन सुरु भएका कारण किसानका लागी खेतीपाती गर्न सहज भएको छ । तर, सरकारी तहबाट जोखिमयुक्त क्षेत्रको पहिचान र रोकथाममा समयमै ध्यान दिन नसक्दा सुरु भएको वर्षादबाट देशको तराई,मधेश, हिमाली र पहाडी जिल्लाका नागरिक त्रासदीमा बसिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6