Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsआगामी हप्ता एलओसीका विषयमा भारतीय सेनामा उच्चस्तरिय छलफल

आगामी हप्ता एलओसीका विषयमा भारतीय सेनामा उच्चस्तरिय छलफल


एजेन्सी । पूर्वी लदाखको विपरित अर्थात एलओसीको भारत तर्फ चीनका सेनाहरुको बढ्दो गतिविधीको विषयलाई लिएर भारतीय सेनाको उच्चस्तरिय नेतृत्वसंग आगामी हप्ता छलफल गरिने भएको छ । पछिल्लो समय चीनका सेनाको सिमावर्ती क्षेत्रको गतिबिधिलाई चुनौती मान्दैआएको भारतीय पक्ष यहि विषयालाई लिएर भारतीय सेनाको उच्चस्तरिय नेतृत्वसंग छलफलमा जुट्न लागेको हो ।

छलफलमा भारतीय सेनाको कार्यगत तयारी र कुनैपनि बेला जवाफी कारवाही गर्न सक्ने तत्परताका विषयमा कुराकानी हुने बताइएको छ । मिटिंगलाई कमाण्डर इन चिफ दर्जाका अफिसियलहरुले प्रतिनिधित्व गर्ने एसिएन न्यूज एजेन्सी एएनआईले भारतीय सुरक्षा श्रोतलाई उधृत गर्दै लेखेको छ । जुन १६ तारिख वाट २ दिनसम्म हुने यस मिटिंगमा एलओसीका साथै अन्य सुरक्षागत मुद्धाहरुमा समेत छलफल गरिने बताइएको छ । भारतीय सेनाका मुख्य मनोज मुकुन्द नरवानेले एलओसी विषयमा भारतीय सेनाको तयारीलाई अत्यन्त नजिकवाट हेरेको र सेना प्रमुख स्वंले ८ पटक एलओसी सेक्टर सेभेनको भ्रमण गरेर परिस्थितीको मुल्याकंन गरिसकेको बताइएको छ ।

गत वर्ष देखी नै नीनियाँ सेनाले आफ्नो परम्परागत तालिम केन्दमा ठूलो स्तरको सैन्य अभ्यास गरिरहेको दाबी गर्ने भारतीय पक्ष चिनियाँ पक्षसंग यथाशक्य छिटो संवादका माध्यमले समस्या समाधान गर्ने कुरामा आशावादी समेत देखिएको छ । गतवर्ष चिनियाँ पक्षले भारतीय सिमातर्फ भारी मात्रामा आक्रामक सैन्य गतिविधी प्रदर्शन गरेपछि दुबै देशको सिमामा सैन्य उपस्थिती बढाइएको थियो । हुन त सैन्य एवं कुटनैतिक पहलकै कारणले पानगोगं तालको क्षेत्रवाट चिनिँया सेना हटेको थियो ।

अझै भारतचीन सिमाका धेरै स्थानहरुमा चिनिँया सेनाहरुको उपस्थिती र हातहतियारको प्रदर्शनसहितको गस्ती, शैन्य अभ्यास यथावत नै छ । भारतीय पक्षले पनि प्रतिउत्तरमा भारी हातहतियारका साथमा आफ्ना ५० हजार सेनालाई सिमामा चिनिँया आक्रामक प्रवृतिको जाँचका लागि खटाएको छ । यसले सिमा क्षेत्रमा जोखिम बढाउने देखाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6