Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा विपद्ध : यी क्षेत्रमा बाढी र डुबानको जोखिम

नेपालमा विपद्ध : यी क्षेत्रमा बाढी र डुबानको जोखिम


काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे, डोटीको केआईसिंह गाउँपालिका–३ बासुदेवी देउकाँडा, मनाङ सदरमुकाम चामेबजार वरिपरिका बस्ती बाढी र पहिरोको डुबानमा पर्दा मानिवियसँगै ठूलो भौतिक क्षति भएको छ । सिन्धुपाल्चोकमा ७ जनाको शब भेटिएको छ भने ५० भन्दा बढी हराइरहेका छन् । देशका थुप्रै सडक सञ्जाल अबरुद्ध हुँदा थुप्रै बस्तीलाई बाढी र पहिरोले बिस्तावित बनाएको छ ।

मनसुन सक्रिय भएका कारण यो जोखिम थप बढ्ने क्रममा छ । बुधबार मात्रै पनि राप्ती, तिनाउ, बबई, कालिगण्डकी, भेरी र भेरीका सहायक नदी जलाधार क्षेत्रमा बाढीको उच्च जोखिम रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आह्वान गरेको छ । कोशी र कोशीका सहायक नदीमा पानीको बहाव सामान्य रहने अनुमान गरिएपनि नारायणी, कर्णाली, महाकाली जलाधारका केही सहायक नदीमा आकस्मिक बहाव बढेर सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान गरिएको छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्तीमा पनि पानीको बहाव बढ्ने तर सतर्कता तह भन्दा तलै रहने महाशाखाले जनाएको छ ।

वाग्मती प्रदेशको काठमाडौंसहित रसुवा, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, गण्डकीको गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, म्याग्दी, तनहुँ, स्याङजा, नवलपुर, लुम्बिनीको परासी, पाल्पा, कपिलबस्तु, अर्घाखाँची, गुल्मी, प्यूठान, दाङ, बाँके, बर्दिया र रुकुम, कर्णालीको सुर्खेत, सल्यान, दैलेख, जाजरकोट तथा सुदूरपश्चिमको कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र आसपास भइ बग्ने नदी जलाधारमा बाढी आउने पूर्वानुमानसहित सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

नारायणी नदीको बहाव विगत ४० बर्षपछिकै उच्च एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड मापन गरिएसँगै नारायणीका सहायक नदीमा समेत सर्तकता तह आसपास रहेको बहाव बढेर जोखिम बढ्ने आँकलन गरिएको छ । मंगलबार मात्रै सिन्धुपाल्चोकको जलबिरेमा बलेफी खोला जलमापन केन्द्रमा आकस्मिक जलसतह बढेर खतरा तह पार गरेको छ । यहाँ बाढी र पहिरोले ठूलो जनधनको क्षती पुगेकोमा अहिले बहाब घट्दो क्रममा रहेको देखिएको छ ।

मनसुनी वर्षा देशभर नै सक्रिय भएको छ । निरन्तरको झरीले देशको हिमाली र पहाडी क्षेत्रमा बाढी र तराई तथा नदितटिय क्षेत्रमा बाढी र डुबानको जोखिम बढेको भन्दै सरकारले बिशेष सतर्कता अपनाउन अपिल गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6