Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअमेरिका र चीनबाट ९० लाख डोज खोप किन्दै नेपाल सरकार, मंसिरसम्म सबैलाई खोप !

अमेरिका र चीनबाट ९० लाख डोज खोप किन्दै नेपाल सरकार, मंसिरसम्म सबैलाई खोप !


काठमाडौं । सरकारले चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिइएको भएपनि बाहिर सार्वजनिक भने गरिएको छैन । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बिहीबारको बैठकले सरकारको घोषणा अनुसार चीनबाट ४० लाख मात्रा खोप किन्ने प्रक्रिया तत्काल सुरु गर्ने निर्णय गरेर खोप खरिद प्रक्रिया भित्रभित्रै अघि बढिरहेको संकेत गरेको छ ।

केन्द्रका प्रमुख बालानन्द शर्माले १० लाख मात्रा खोप जुन भित्रै ल्याउने गरि प्रक्रिया थालिने जानकारी दिनुभएको छ । यता, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री रघुवीर महासेठले पनि चीनबाट ४० लाख डोज खोप किन्ने प्रक्रिया अघि बढेको, अमेरिकाको जोनसन एण्ड जोनसनसँग ५० लाख डोज खोप किन्न कुराकानी भइरहेको जानकारी दिनुभएको छ । जोनसन एण्ड जोनसनको ५० लाख डोज खोप भने बिश्वबैंकमार्फत् किन्न लागिएको हो । खोपको प्रति डोज मूल्य गोप्य राख्न चीनले गरेको आग्रहलाई ख्याल गर्दै सरकारले ४ अर्ब ५० करोड रुपैयाँको सीमाभित्र रहेर चीनसँग खोप किन्ने निर्णय गरेको बताइएको छ । प्रति डोज १० देखि १२ डलरको बिचमा मूल्य पर्नेगरी खरिद सम्झौता हुने आँकलन गरिएको छ । सरकारले गत बर्ष कोरोना महामारी सुरु हुने बेलामा पनि नेपाली सेनामार्फत् सिनोफार्मासँगै स्वास्थ्य सामाग्री खरिद गरेको थियो । खोप उत्पादकहरुले ९० दिनभित्र खोप उपलब्ध गराउन सक्ने बताएपनि नेपालको तर्फबाट ६० दिनभित्र खोप उपलब्ध गराउन उत्पादकहरुलाई आग्रह गरेको बताइएको छ ।

नेपालको लामो कूटनीतिक प्रयासपछि सिनोफार्मले नेपाललाई खोप उपलब्ध गराउने लिखित प्रतिवद्धता जनाएको थियो । यसअघि नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले खोपको मात्रा, मूल्य र आपूर्तिको समयसीमा लगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने अडान राखेको थियो । अरु कम्पनीसँग खरिद प्रक्रिया अघि नबढेपछि चिनियाँ प्रस्तावअनुसार नै सरकार ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्न सहमत भएको छ । नेपालको विद्यामान कानूनले ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्न अनुमति नदिने भएकाले थप प्रक्रिया कसरी अघि बढ्छ भन्नेबारे समेत केही खुलाइएको छैन । बुधबार बसेको कोभिड–१९ निर्देशक समितिमा समेत प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड नियन्त्रणका लागि खोप अनिवार्य भएको भन्दै चीनसँग ४० लाख डोज ल्याउन गृहकार्य भइरहेको तथा अरु देशसँग पनि खोप खरिदका लागि प्रयास भइरहेको जानकारी गराउनुभएको थियो । उहाँले आगामी साउनबाट नागरिकहरुलाई लगाउन थालिने जानकारी गराउनुभएको थियो ।

यो खोप खरिद प्रक्रियामा नेपाल र चीन सरकारबीच र खोप उत्पादक कम्पनीसँग गरी दुई खाले सम्झौता हुँन लागेको बताइएको छ । खोप अभियान समयमै सुरु गरेर निरन्तरता र दोश्रो मात्रा दिन नसक्दा खोप खरिदलाई लिएर सरकार चर्को दबाबमा परेको छ । सरकार भने खोप अभावकै बिच आगामी मंसिर ३ सम्म सबै नेपालीलाई खोप लगाइसक्ने दाबी गरिरहेको छ ।  सरकार भने खोप अभावकै बिच आगामी मंसिर ३ सम्म सबै नेपालीलाई खोप लगाइसक्ने दाबी गरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6