Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsब्रिक्स सम्मेलनको अध्यक्षता अब भारतले गर्ने, चीनको समर्थन

ब्रिक्स सम्मेलनको अध्यक्षता अब भारतले गर्ने, चीनको समर्थन


एजेन्सी। पाँच प्रमुख उदयीमान राष्ट्रिय अर्थतन्त्रहरू ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका बीचको सहयोगी संस्था ब्रिक्सको अध्यक्षता यसबर्ष भारतले गर्ने भएको छ। यो बर्षको ब्रिक्सको सम्मेलनमा भारतले अध्यक्षता गर्ने बिषयमा चीनले समेत समर्थन गरेको हो ।

भारतमा आयोजना हुने ब्रिक्स सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जीन पिङ पनि सहभागी हुने संभावना रहेको आँकलन गरिएको छ । भारत र चीनबीच सीमा क्षेत्रमा जारी तनाबका बीच भारतको आयोजनामा हुन गइरहेको ब्रिक्स सम्मेलनलाई चीनले समर्थन गरेको हो । दुई देशबीच जारी तनाबका बाबजुद ब्रिक्स सहकार्य महत्वपूर्ण रहेको र सम्मेलनमा भारतको अध्यक्षतालाई चीनले समर्थन गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवत्ता वाङ वेनबीनले बताएका छन्। भारतले आयोजना गर्ने सम्मेलनलाई समर्थन गर्दै भारत र ब्रिक्स सदस्य सबै देशहरुसँग आर्थिक, राजनीतिक सहकार्य बिस्तार गर्न चीन ईच्छुक रहेको पनि वाङ ले जानकारी दिए ।

केही दिन अघि दुई देशले पूर्वी लद्दाख र पश्चिमी तिब्बतको क्षेत्रमा जोडिएको पाङङ ताल क्षेत्रमा सैन्य संलग्नता रोक्ने र सीमा तनाबलाई आपसी समझदारीबाट समाधान गर्ने सहमति भएको थियो। यद्यपी सन् २०१७ मा डोक्लाम क्षेत्रमा भारत र चीनबीच भएको ७३ दिन सम्मको गतिरोधका बाबजुद केही



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6