Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबीएण्डसी मेडिकल कलेजका सञ्चालक प्रसाईंले भने- ‘सम्बन्धन दिने कि बन्द गरिदिने ?’

बीएण्डसी मेडिकल कलेजका सञ्चालक प्रसाईंले भने- ‘सम्बन्धन दिने कि बन्द गरिदिने ?’


काठमाडौं । झापास्थित बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन वा सरकार आफैले चलाउनेगरि टुङ्गो लगाइदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गर्नुभएको छ । शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले करिब ८ वर्षदेखि सम्बन्धनको पखाईमा बसेको मेडिकल कलेजलाई सम्बन्धन दिन वा सरकार आफैले सञ्चालन गर्न वा सदाका लागि बन्द गरिदिन प्रधानमन्त्री ओलीसँग माग गर्नुभएको हो ।

मेडिकल कलेजको सम्बन्धनका लागि आफूले लामो समयसम्म प्रतिक्षा र तपस्या गरेको जिकिरसहित प्रसाईले पटक पटक अवरोध सिर्जना गरिएको बताउनुभयो । ‘मेडिकल कलेजका लागि धेरै तपस्या गरेँ । ८ वर्ष भयो, हामीलाई कि सम्बन्धन देऊ। सरकारले सम्बन्धन दिन सक्दैन भने राज्य आफैले सञ्चालन गरोस्। त्यो पनि सक्दैन भने राज्यले बन्द गरिदिओस्, प्रसाईले भन्नुभयो । यस्तै प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले सम्बन्धन रोक्नका लागि मूख्य भूमिका खेलेको आरोप लगाउनुभयो । आयोगको बैठकले सात दिनभित्र अनुगमन गरी प्रतिवेदन बुझाई सम्वन्धन दिन मिल्ने वा नमिल्ने भन्ने निर्णय गर्ने भनेपनि २१ दिन हुँदासम्म प्रतिवेदन नबुझाइएको भन्दै डा. गिरीले बदनियतपूर्ण काम गरेको प्रसाईंको आरोप थियो ।

आयोगको जेठ २८ गतेको बैठकले डा. प्रकाशराज पाण्डे संयोजक र सदस्यमा डा. भोजराज अधिकारी, प्रा. डा. रमेशप्रसाद आचार्य र सेमन्तराज कोइरालालाई निरीक्षण तथा अनुगमनमा पठाएको थियो । प्रसाईंले गिरीले आफ्नै मुद्दामा साक्षी बनाएका व्यक्तिलाई बीएण्डसीको अध्ययन टोलीमा पठाएर सम्बन्धनमा बाधा आएको जिकिर समेत गर्नुभयो । आयोगमा सम्बन्धनको सिफारिस वापत १० लाख रुपैयाँसमेत बुझाइसकेको विभिन्न बहानाबाजी गरेर आलटाल गर्ने, झुक्याउने काम भएको प्रसाईले बताउनुभयो । मनसाय पत्र अनुसारको पूर्वाधार तयार पारेको बीएण्डसीले सम्बन्धन पाउन नसक्दा करोडौँ नोक्सानी ब्यहोर्नुपरेको निर्देशक प्रसाईले बताउनुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6