Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअमेरिकाबाट नेपाललाई १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप अनुदान दिने घोषणा

अमेरिकाबाट नेपाललाई १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप अनुदान दिने घोषणा


काठमाडौं । अमेरिकाले नेपाललाई १५ लाखभन्दा बढी डोज खोप उपलब्ध गराउने भएको छ।नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले सामाजिक सञ्जालमा संक्षिप्त जानकारी दिँदै अमेरिकाले केही दिनमा कोभिड–१९ विरुद्धको खोप निःशुल्क उपलब्ध गराउन लागेको जानकारी दिनुभएको हो ।

अमेरिकाले अमेरिकी फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनद्वारा उत्पादित जेन्सेन खोप सहयोग गर्न लागेको हो। यो खोप एक मात्रा (डोज) लगाए पुग्ने बताइएको छ । राजदूत बेरीले नेपाल–अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा खोप सहयोगत गर्न पाउनु आफ्ना लागि अन्त्यन्तै खुसीको क्षण भएको उल्लेख गर्नुभएको छ । ‘अमेरिका सदैव नेपालीहरूको साथमा छ र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरिरहने छ’, राजदूत बेरीले भन्नुभएको छ । उक्त खोप नेपालमा कहिले आइपुग्छ भन्नेबारे भने एकिन गरिएको छैन ।

यता, नेपाल सरकारले १५ दिन भित्रै अमेरिकाबाट जोन्सन एण्ड जोनसन खोप आइपुग्ने जानकारी दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6