Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsईपीएस पास गरेर अलपत्र श्रमिकलाई तत्काल कोरिया पठाउन संसदीय समितिको निर्देशन

ईपीएस पास गरेर अलपत्र श्रमिकलाई तत्काल कोरिया पठाउन संसदीय समितिको निर्देशन


काठमाडौं । संसदीय समितिले ईपीएस परीक्षा पास गरेर अलपत्र परेका श्रमिकलाई तत्काल दक्षिण कोरिया पठाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आइतबारको बैठकले ईपीएस परीक्षा पास गरेर बसेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

ईपीएस परीक्षा पास गरेर बसेका करिब १० हजार श्रमिक दक्षिण कोरिया जानबाट बन्चित भएको पठाउन सरकारले आलटाल गरेको भन्दै समितिमा उजुरी परेको थियो। समितिका सभापति रामनारायण बिडारीले अलपत्र परेकाहरुको उजुरीको सुनुवाई गर्दै सम्बन्धित मन्त्रालयसँग छलफल गरी आवश्यक प्रक्रिया पूरा गरी तत्काल उनीहरुलाई दक्षिण कोरिया पठाउन निर्देशन दिइएको जानकारी दिनुभयो । बैठकमा समितिका सदस्य खिमलाल देवकोटाले सबै प्रक्रिया पूरा गरेका श्रमिकलाई अझै दक्षिण कोरिया नपठाएर सरकारले निर्लज्जता प्रकट गरेको भन्दै आपत्ति जनाउनु भएको थियो । यस्तै, समितिका अर्का सदस्य राधेश्याम अधिकारीले उडान, खोप सबैको तत्काल व्यवस्था गरी इपिएर पास गरेर रोकिएकाहरुलाई दक्षिण कोरिया पठाउने काममा ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।समितिका सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै मुख्य सचिव शंकरदास बैरागीले आवश्यक प्रक्रिया पूरा गरी ईपीएस परीक्षा पास गरेकाहरुलाई छिटो दक्षिण कोरिया पठाउन समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनुभयो । कोरोना संकटका कारण समयमै कामका लागि दक्षिण कोरिया पठाउने प्रक्रियामा ढिलाई भएको समितिका सदस्यहरुलाई मुख्यसचिव बैरागीले जानकारी दिनुभएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले खोप, उडानका लागि प्लेनको आवश्यक व्यवस्था मिलाउन नसक्दा ईपीएस परीक्षा पास गरेर पनि श्रमिकहरुलाई दक्षिण कोरिया पठाउने काममा ढिलाई भएको स्पष्टिकरण दिनुभयो । यी सबै समस्या समाधान गर्ने कामलाई अघि बढाइएको समेत सचिव गौतमले जानकारी दिनुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6