Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा तेश्रो लहरको जोखिमः काठमाडौंमा कडाई, खोप केन्द्रलाई व्यवस्थित बनाउन निर्देशन

नेपालमा तेश्रो लहरको जोखिमः काठमाडौंमा कडाई, खोप केन्द्रलाई व्यवस्थित बनाउन निर्देशन


काठमाडौं । काठमाडौंमा कोरोनाभाइरसको तेस्रो लहर आउन सक्ने बताउँदै जिल्ला प्रशासन कार्यालयले सभा, सम्मेलन, धर्ना, जुलुस र गोष्ठी नगर्न आग्रह गरेको छ । प्रशासनले आज विज्ञप्ति जारी गर्दै स्वास्थ्य मापदण्ड बिपरित भीडभाड हुने गतिविधि गरेको पाइए कानून बमोजिम कार्वाही गर्ने चेतावनीसहित सचेत गराएको हो ।

पछिल्लो केही दिनयता जिल्लामा कोरोना संक्रमणको दर उच्च हुँदै गएको र अस्पतालमा बिरामीको चाप बढेको भन्दै प्रशासनले निषेधाज्ञा र स्वास्थ्य मापदण्डको पालना गर्न समेत सबैलाई सचेत गराएको छ । प्रशासनले आजदेखि सहायक सीडीओको संयोजकत्वमा सार्वजनिक स्थानको अनुगमन गर्दै मास्क नलगाउने र सामाजिक दूरी पालना नगर्नेलाई कार्वाही अभियान समेत थालेको छ । बुधबार मध्यरातमा सकिँदैगरेको जारी निषेधाज्ञा समेत थप कडाइसहित लम्ब्याउने तयारीमा उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुले तयारी थालेका छन् ।
खोप केन्द्रबाटै कोरोनामहामारिको जोखिम बढ्योः स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप अभियानलाई थप प्रभाकारी बनाउन सातै प्रदेशका स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ । खोप केन्द्र व्यवस्थित बन्न नसक्दा संक्रमण फैलन सक्ने जोखिम बढेको भन्दै मन्त्रालयले आवश्यकता अनुसार खोप केन्द्र विस्तार गरी हरेक खोप केन्द्रमा भौतिक दुरी कायम गराउन र जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गराउन निर्देशन दिएको हो ।

मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले विज्ञप्ति जारी गर्दै खोप अभियान सञ्चालन तथा व्यवस्थापनबारे माथिल्लो निकायमा जानकारी गराउनका लागि सबै स्वास्थ्य कार्यालयले सम्पर्क व्यक्ति तोक्न निर्देशन समेत दिएका छन् । असार २९ गतेदेखि सञ्चालित भेरोसेलको पहिलो डोज लगाएका लक्षित समूहलाई २१ दिन पूरा भएपछि दोस्रो डोज दिने व्यवस्था मिलाउन आग्रह गरेको छ । कोभिड खोप लगाउने व्यक्तिले मन्त्रालयको अनलाइन रजिष्ट्रेशन प्रणालीमा प्रि—रजिष्ट्रेसन गर्न र यसअघि खोप लगाएका व्यक्तिले पनि पोस्ट रजिष्ट्रेशन गराउने व्यवस्था मिलाउन समेत विभागले भनेको छ ।

खोप अभियानलाई थप प्रभाकारी बनाउन जारी गरिएको निर्देशन :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6