भानु देउवा बने प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन् । प्रधानमन्त्री देउवाको सचिवालयले प्रमुख स्वकीय सचिवमा भानु देउवालाई नियुक्त गरिएको जानकारी दिएको हो ।
भानु देउवा यसअघि पनि देउवाका प्रमुख स्वकीय सचिव रहिसकेका छन् । देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री देउवाले लामो समयसम्म मन्त्रिमण्डल विस्तार गर्न नसकेको भन्दै अहिले आलोचना हुँदैआएको छ ।















तपाईको प्रतिक्रिया