Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअफगानिस्तानमा अलपत्र नेपालीले सरकारसँग गरे छिटो उद्धार गर्न आग्रह

अफगानिस्तानमा अलपत्र नेपालीले सरकारसँग गरे छिटो उद्धार गर्न आग्रह


काठमाडौं । अफगानिस्तानमा अलपत्र नेपालीहरुले छिटो उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् । दूतावास र ठूला कम्पनीमा काम गर्नेहरुलाई सम्बन्धित देश र कम्पनीले उद्धार गरिरहे पनि साना कम्पनीमा काम गर्ने र कामविहीन नेपालीले उद्धारका लागि आग्रह गरेका हुन् ।

उद्धारका लागि सरकारले भनेअनुसार विवरण टिपाए पनि आफूहरु अझै अलपत्र परेको सुर्खेतका पदम रोकाले बताए । उद्धारको पर्खाइमा रहेका नेपालीहरु होटलहरुमा कैदी जस्तै भएर बस्नुपरेको रोकाले गुनासो पोखे । उनीमात्रै होइन अफगानिस्तानमा अलपत्र दर्जनौँ नेपालीहरुले स्वदेश फिर्ताका लागि हारगुहार गरिरहेका छन् । अफगानिस्तानबाट अहिलेसम्म ५ सय ४ जना नेपाली स्वदेश फर्किएको रेकर्ड सरकारसँग छ । परराष्ट्र मन्त्रालयका अनुसार आइतबार बेलुकासम्म थप ३५६ जना नेपालीले उद्धार तथा स्वदेश फिर्ती प्रक्रियाका लागि कन्सुलर विभागको वेब पोर्टलमा आफ्नो विवरण दर्ता गराएका छन् । अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण रोजगारीको सिलसिलामा रहेका नेपालीको अवस्था यकिन गरेर आवश्यक समन्वयका साथ उद्धार गर्न मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरेपनि उद्धारको गति सुस्त रहेको त्यहा फसेका नेपालीहरुको गुनासो छ ।

उद्धारका लागि सूचीकृत भएकामध्ये नाम र राहदानी नम्बर दोहोरिएको, एकै जनाको धेरै ठाउँबाट विवरण भरिएको र उद्धार भइ सुरक्षित ठाउँमा पुगेकाको विवरण रुजु गरि उद्धार हुन बाँकीको विवरण अद्यावधिक गरिएको मन्त्रालयले जनाएको छ । उद्धार हुन बाँकी व्यक्तिको विवरण स्थानगत रूपमा अद्यावधिक गरि उद्धार उडान गरिरहेका मित्र राष्ट्रसँग सहकार्य र समन्वय भइरहेको सरकारी दाबी छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6