Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोना कहरमा बैदेशिक रोजगारीको मोह, यस्तो देखिन्छ नेपालको विमानस्थालमा

कोरोना कहरमा बैदेशिक रोजगारीको मोह, यस्तो देखिन्छ नेपालको विमानस्थालमा


काठमाडौं । कोरोना महामारिकै बिच बैदेशिक रोजगारीका लागि देश छाड्नेहरुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिड लागेको छ । मंगलबार बिहान विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलतर्फ विदेश उड्नका लागि दर्जनौं युवाहरु लाम लागेका देखिन्थे ।

रोजगार बन्न बाहिरिदैगरेकाहरुको भिडमा कोरोना संक्रमणबाट जोगिन अपनाउनुपर्ने भौतिक दुरी समेत कायम भएको देखिंदैनथ्यो । यसरी भीडभाड गरेर विमानस्थल पुगेकाहरु मध्ये पनि अधिकांश खाडी मुलुक जान लागेकाहरु छन् । स्वदेशमै रोजगारीको ग्यारेन्टी नभएपछि देश र परिवार छाड्न बाध्य भएको गुनासो युवाहरुको छ । वैदेशिक रोजगारीका लागि जानेहरुको यस्तो भिड पछिल्लो समय दैनिकजसो लाग्ने गरेको विमानस्थलका कर्मचारीहरु बताउँछन् ।

विदेश जानेहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाएको प्रमाणपत्र अनिवार्य गरिएको छ । यसअघि टेकु अस्पतालबाट खोप लगाएको प्रमाणपत्र लिनेहरुको भिड व्यवस्थापनका लागि भन्दै विभिन्न अस्पताल र नेपाल प्रहरीको तालिमकेन्द्रबाट समेत प्रमाणपत्र दिन थालिएपनि अझै भीड व्यवस्थापन हुन सकेको छैन । कोरोना संक्रमणका कारण प्रभावित भएको वैदेशिक रोजगारीको यात्रा गतवर्षको भदौदेखि पुनः सुरु भएपनि दोस्रो लहरका कारण पुनः प्रभावित भएको थियो ।

अहिले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणसहित रोजगारीमा आउन अनुमति दिएपछि फेरि विदेश जानेक्रम बढेको छ । सामान्य समयमा दैनिक १५ सय नेपाली बैदेशिक रोजगारीका लागि विमानस्थलबाट बाहिरिने गरेका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6