Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsफेवाताल अब पुरानै अवस्थामा, व्यक्तिले हडपेको २५ सय रोपनी जग्गा फिर्ता ल्याइदै

फेवाताल अब पुरानै अवस्थामा, व्यक्तिले हडपेको २५ सय रोपनी जग्गा फिर्ता ल्याइदै


कास्की, काठमाडौं । पोखरास्थित फेलाताल अतिक्रमण गरेर व्यक्तिका नाममा कायम भएको २५ सय रोपनी जग्गा फिर्ता ल्याउन सरकारलाई सिफारिस गरिएसँगै तालको क्षेत्रफल बढ्ने भएको छ । संघ सरकारले गत कात्तिकमा गठन गरेको कास्कीका पूर्वजिविस सभापति पुण्य पौडेल नेतृत्वको उच्चस्तरीय अध्ययन समितिले तालको आकार ५.७२६ वर्ग किलोमिटर अर्थात् ११ हजार २ सय ५५ रोपनी ११ आना १ पैसा कायम गर्न सिफारिस गरेसँगै फेवाताल २०३८ को अवस्थामा फर्किने भएको हो ।

प्रतिवेदन अनुसार लालपुर्जाभित्रको २५ सय रोपनी जमिन दूषित पाइएको र उक्त जग्गाको लालपुर्जा खारेज गर्न वा अर्को निर्णयका लागि सिफारिस गरिएको पौडेलले जानकारी दिए । धेरै दसी प्रमाण जुटाएर समितिले व्यक्तिले आफ्नो नाममा गरेका तालको जमिन पहिचान गरेको छ । दुषित जग्गाको निजी लालपुर्जा खारेज गर्नुपर्ने प्रस्ताव स्विकृत भएपछि फेवा तालको आकार बढ्नेछ । अध्ययन समितिले तालभन्दा बाहिर थप ४५ रोपनी जग्गा पहिचान गरेको छ । समितिले प्रदेशका मुख्यमन्त्रीलाई प्रतिवेदन बुझाइसकेको छ भने संघ सरकारलाई समेत बुझाउन लागेको छ । समितिमा पोखराका मेयर, नापी, मालपोत, सिँचाइ, वन कार्यालय लगायतका प्रतिनिधि सदस्य छन् । अब तालको मापदण्ड तोक्ने जिम्मा पाएको पोखरा महानगरको कदम थप निर्णायक हुनेछ ।

मापदण्ड विपरित बनेका संरचना हटाउने काम प्रदेश र स्थानीय सरकारले गर्नेगरि सर्वोच्च अदलातले फैसला समेत गरेको छ । सर्वोच्च अदालतले २०७५ मा फेवाताल अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन सरकारलाई आदेश दिएको छ । त्यतिमात्रै होइन, तालको सीमा तोक्न र दूषित रुपमा दर्ता भएका जग्गा खारेजी तथा तालको संरक्षणका लागि गुरुयोजना बनाउने जिम्मा स्थानीय तह, प्रदेश र संघलाई दिएको छ । २०६९ मा विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित समितिले तालको १ हजार ६ सय ९२ रोपनीभन्दा बढी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेको प्रमाण निकालेको थियो । समितिले ९ सय ५० जना व्यत्तिको लालपूर्जा खारेज गर्न सिफारिस गरे पनि कार्यान्वयन भएको छैन । ६ वर्षअघि फेवासहित कास्कीका ९ ताललाई रामसार सूचीमा सूचीकृत गरिएपनि संरक्षणका लागि पहल नै हुन सकेको छैन ।

फेलातालमा २०१८ मा पहिलो पटक बाँध बाँधिएको थियो । तत्कालीन समयमा सिँचाइ विभागले तालको उचाईँ ७९४.४ मिटर निर्धारण गरेपनि स्थानीयले तत्कालीन राजालाई निवेदन दिएपछि एक मिटर घटाएर ७९३.४ मिटर कायम गरिएको पाइएको छ । २०३१ सालमा बाँध फुटेपछि तालले चर्चेको जमिन व्यक्तिले पहुँचका भरमा आफ्नो नाममा दर्ता गर्न सुरु गरेका थिए । २०३१ देखि २०५५ सम्म पनि विभिन्न व्यक्तिको सिफारिसका आधारमा जग्गा दर्ता भएको पछिल्लो अध्ययनले देखाएको छ । २०३१ म पानी भरिएर बाँध भत्किएपछि २०३२ देखि नापीमार्फत सबैले लालपुर्जा लिएका थिए । ३८ सालमा अर्को बाँध बनेपछि लालपुर्जावालाले मुआब्जा मागे । यसपछि पोखरास्थित फेवातालको जग्गाबारे बहस सुरु भयो । पश्चिमाञ्चल क्षेत्रीय सिँचाइ निर्देशकको संयोजकत्वमा मालपोत, नापी र अन्चाधिसको प्रतिनिधिको समितिले अध्ययन गरेर लालपुर्जा खारेज गर्न सुझाव दियो ।

तत्कालीन जलस्रोतमन्त्री पशुपति शमसेर जबरा, डिपी अधिकारी र यादवप्रसाद पन्तले लालपुर्जा खारेज गर्ने निर्णय गरे पनि अहिलेसम्म कार्यान्वयन भएको छैन । बरु फैसला अनुसार समयमा काम नगरेको आरोपमा तीनवटै सरकारले अदालतको मानहानीको मुद्दा खेपिरहेका छन् । फेवाताल मिचेर जग्गा कब्जा गरेकाहरुको लालपूर्जा कहिले खारेज हुन्छ, अनि फेवातालको क्षेत्रफल कहिले २०१८ अनुसार कायम हुन्छ ? प्रतिक्षा बाँकी नै छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6