Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsस्वास्थ्य विमा मार्फत उपाचार पाउनै गाह्रो, किन राखेन सरकारले स्वास्थ्य बिमाको रेकर्ड

स्वास्थ्य विमा मार्फत उपाचार पाउनै गाह्रो, किन राखेन सरकारले स्वास्थ्य बिमाको रेकर्ड


काठमाडौं । संविधानको मौलिक हकमा भनिएको छ, सबैलाई सहज र सर्वशुलभ स्वास्थ्यको पँहुच दिइने छ । तर व्यवहारिक रुपमा भने नेपालको स्वास्थ्य सेवा सबै जनताको पहुँचमा छैन । अर्कोतिर उपचार सेवा महङ्गो पनि छ । यही समस्यालाई समाधान गर्न सरकारले स्वास्थ्य बीमा कार्यक्रम ल्याएको छ । तर स्वास्थ्यमा सबै नागरिकको पँहुच विस्तार गर्न ल्याइएको यो कार्यक्रम प्रभावकारी बन्न सकेको छैन ।

सरकारकै कमजोरीका कारण स्वास्थ्य बीमा प्रति नागरिकको आकर्षण देखिएपनि सर्वसाधारणलाई स्वास्थ्य उपचार गर्न निक्कै झन्झटिलो छ । कैलालीबाट सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम अहिलेसम्म ७५ जिल्लामा विस्तार भइसकेको छ । तर, स्वास्थ्य बीमा कार्यक्रममा नागरिकको सहभागीता भने उत्साहजनक देखिएको छैन । ७५ जिल्लामा स्वास्थ्य विमा विस्तार हुदा जम्मा ४५ लाख नागरिकले स्वास्थ्य विमा गरेका छन् । अघिल्लो बर्षनै ७७ बटै जिल्लामा स्वास्थ्य विमा कार्यक्रम पुर्याउने लक्ष्य राखिएता पनि काठमाडौ र ललितपुरमा समेत यो कार्यक्रम सुरुवात नै भएको छैन् । यद्यपी यो आर्थिक बर्षमा काठमाडौं र ललितपुरमा स्वास्थ्य विमा कार्यक्रम विस्तार हुने स्वास्थ्य विमा बोर्डले दाबी गर्छ ।

वि।सं। २०७२ चैत २५ गतेदेखि नेपाल सरकारले कैलालीबाट स्वास्थ्य बीमाको कार्यक्रम लागु गरेको थियो । तर, ६ बर्ष अघि लागु गरेको स्वास्थ्य विमा कार्यक्रममा नगारिकको सहभागिता भने न्युन छ । प्रत्येक प्रदेशमा २० प्रतिशत भन्दा बढी बिमित पुर्याउन सकिएको छैन् । विमा गराएकाहरुले समेत विमा मार्फत उपचार गराउन निक्कै सास्ती भोग्नु परेको गुनासो गर्छन् । ५ जनासम्मको परिवारले स्वास्थ्य बीमा गर्दा वर्षमा ३५ सय रुपैयाँ तिर्नुपर्छ । ५ जनाभन्दा बढी सदस्य भएको परिवारले प्रतिव्यक्ति सय रुपैयाँ थप तिर्नुपर्ने हुन्छ । बीमा गरेका ५ सदस्य परिवारले एक वर्षमा बढीमा एक लाख र त्यो भन्दा धेरै अथवा १० सदस्य भएका परिवारले दुई लाख बराबरको स्वास्थ्य सेवा पाउने उल्लेख छ । जनताले स्वास्थ्य उपचारमा सहयोग पाउने एउटा कार्यक्रम स्वास्थ्य विमा हो । तर, अनेकौ झमेला दिएर अस्पतालहरुले नै उपचार नगरिदिदा जनताले सेवा पाउन सकेका छैनन् ।

यतिबेलासम्म देशभरका ४ सय २९ वटा अस्पतालहरुबाट बिमितहरुले विमा गराएवापत सेवा लिएका छन् । विमा गराएकामध्ये करिव १७ प्रतिशत नागरिकले स्वास्थ्य उपचार पाएका छन् । उनीहरुका लागि सरकारले प्रत्येक बर्ष साढे सात अर्ब बराबरको स्वास्थ्य उपचार खर्च ब्यहोरिरहेको छ । तर, सरकारले बिमितहरुसँग उठाएको रकम यो ६ बर्षमा कति जम्मा भयो भन्ने एकिन तथ्याङक राख्न सकेको छैन । बिमितको रेकर्ड राख्नै नसक्ने सरकारले सबैको पँहुचमा सहज र सर्वसुलभ स्वास्थ्य सेवा कसरी पुर्याउला ? गम्भिर प्रश्न उब्जिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6