Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsयी हुन नेपालबारे पढ्नैपर्ने प्रमुख ५ खबर

यी हुन नेपालबारे पढ्नैपर्ने प्रमुख ५ खबर


काठमाडौं । नेपालमा सोमबार राजनीति, समसामयिक, अर्थ क्षेत्र लगायतका विभिन्न खबरले प्राथमिकता पाए । चर्चा र विभिन्न सञ्चारमाध्यममा प्राथमिकतामा परेका प्रमुख ५ खबर यस्ता छन् ।

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज
सरकारले दल विभाजनलाई सहज हुने गरी ल्याएको अध्यादेश खारेज भएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार खारेज गर्नुभएको हो । शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ १ भदौमा संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर राजनीतिक दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश सिफारिस गरेकोमा भदौ २ मा राष्ट्रपतिबाट जारी भएको थियो । अध्यादेशकै बलमा नेकपा एमाले फुटेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी फुटेर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएका छन् ।

बुद्ध एयरको विमानमा सोमबार देखिएको समस्या के हो ?
चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण गर्नेक्रममा ल्याण्डिङ गियर नखुलेपछि काठमाडौं फर्काइयो । फ्युल कम गरेर फोर्स ल्याण्डिङ गराउन भन्दै काठमाडौंलाई जहाजले फन्को मारेपछि यात्रुहरु नै अत्तालिए । विमान अवतरणका लागि धावनमार्ग नजिक पुग्दै फर्किँदा एम्बुलेन्स, सुरक्षाकर्मी सबै तयारी हालतमा राखेको देखेपछि यात्रुहरुको रुवासबासी नै चलेको थियो । पछि ल्याण्डिङ गियर खुलेपछि विमान सहज अवतरण भएको थियो । सोमबार नै काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको अर्को जहाजको ककपिटमा धुँवा देखिएपछि काठमाडौंमै फर्काएर अवतरण गराउनु परेको थियो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले विमानको प्राविधिक पक्षबार आन्तरिक छानविन हुने जानकारी दिनुभयो ।

बागमती प्रदेश साक्षर प्रदेश घोषणा
बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रम मार्फत मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमतीलाई साक्षर प्रदेश घोषणा गर्नुभएको हो । मुख्यमन्त्री शाक्यले हाल बागमती प्रदेश पूर्ण साक्षर नभए पनि आगामी दिनमा स्थानीय तह, जिल्ला समन्वय समिति समन्वय गरी प्रदेशलाई पूर्ण रुपमा साक्षर बनाइने बताउनुभयो । प्रदेशका १५ देखि ६० वर्षबीचका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भइसकेकाले एउटा सन्देश प्रवाह गर्न बागमतीलाई साक्षर प्रदेश घोषणा गरिएको प्रदेश शिक्षा निर्देशनालय बागमती प्रदेश हेटौँडाका निर्देशन चन्द्रप्रसाद लुइँटेलको दाबी थियो । प्रदेश सरकारले अब १५ वर्ष मुनि र ६० वर्षमाथिका नागरिकहरूलाई पनि साक्षर बनाउने कार्यलाई तीव्रताका दिइने बताएको छ ।

भोटेकोसी, त्रिशूली र कर्णाली नदी सफा गरिदै
जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाले भोटेकोसी, त्रिशूली र कर्णाली नदी सफा गर्ने घोषणा गरेको छ । कोरोना सङ्क्रमणका कारण धराशायी बन्दै गएको नेपालको पर्यटन क्षेत्र पुनरुत्थानका लागि नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई अल्पकालीन रोजगार कार्यक्रमअन्तर्गत नदी सफा गर्न लागिएको हो । आइतवार भोटेकोसीबाट सुरु गरिएको कार्यक्रम मङ्गलवार त्रिशूली र शुक्रवार कर्णालीमा शुभारम्भ गरिने नेपाल एसोसिएशन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) का महासचिव शिशिर खनालले जानकारी दिनुभएको छ । कार्यक्रमअन्तर्गत रिभर गाइड र कर्मचारीले नदी सफा र पहुँच मार्ग मर्मत गर्नेछन् । एक मजदुरलाई १२ दिनको रोजगारि दिइने, २०० रिभर गाइड एवम् कर्मचारीले काम पाउने बताइएको छ । नदी सफाई गरेबापत परियोजनाले दैनिक एक हजार रुपैयाँ उपलब्ध गराउनेछ । नेपालमा रहेका झन्डै ६ हजार नदी नालामध्ये कर्णाली, कालीगण्डकी, त्रिशूली, भोटेकोसी, सुनकोसी, अरुण, तमोरलगायत १६ नदी साहसिक जलयात्राका लागि खुला गरिएका छन् ।

बीमा कम्पनीको आक्रामक बजार विस्तार
गएको एक महिनामा बीमालेखको संख्या ४ लाख ४० हजार ७७१ ले वृद्धि भएको छ । बीमा समितिले गत साउन १ गतेदेखि भदौ मसान्तसम्म बीमालेखको संख्या ४ लाख ४० हजारले बढेर ९२ लाख ६९ हजार ३५२ पुगेको जानकारी दिएको हो । गत साउन मसान्तसम्ममा जीवन बीमा र निर्जीवन बीमा गरी कुल ८८ लाख २८ हजार ८८१ मात्र बीमालेख दर्ता भएका थिए । समितिका अनुसार समीक्षा अवधिमा जीवन बीमातर्फ २ लाख ९ हजार ४४ वटा, निर्जीवन बीमातर्फ अधिकतम २ लाख ३१ हजार ४२७ वटा, वैदेशिक रोजगार बीमालेख तर्फ ५ प्रतिशत घटाएर लिएको बीमालेखसहित समीक्षा अवधिसम्ममा कुल ८३ लाख ८५ हजार ६६२ पुगेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6