सिड्नीमा नोभेम्बर १२ मा ‘सेलो साँझ २०२६’ हुने
‘रे कर्पोरेट ग्रुप’ को मुख्य आयोजना तथा मिनसेङ इभेन्ट्सको आयोजनामा आगामी नोभेम्बर १२ मा सिड्नीमा ‘सेलो साँझ २०२६’ हुने भएको छ।
सिड्नीको हर्स्टभिलस्थित मराना अडिटोरियममा हुने कार्यक्रममा गायिका जितु लोप्चन र गायक विश्व दोङले सांगीतिक प्रस्तुति दिनु हुनेछ।
तामाङ सेलो संगीत, भाषा, कला र संस्कृतिको प्रवर्द्धन गर्दै अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
कार्यक्रम साँझ ५ बजेदेखि सुरु हुनेछ। प्रवेशका लागि प्रतिव्यक्ति ५५ अस्ट्रेलियन डलर टिकट शुल्क तोकिएको छ। एभरेस्ट रियल्टी ग्रुप कार्यक्रमको प्लाटिनम प्रायोजक रहेको छ।
आयोजकले सिड्नी तथा आसपासका नेपाली समुदायलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।













तपाईको प्रतिक्रिया