Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसर्वदलीय बैंठकमा उपस्थित नभएका एमाले अध्यक्ष ओलीले किन बनाउँदैछन संसदलाई बन्धक ?

सर्वदलीय बैंठकमा उपस्थित नभएका एमाले अध्यक्ष ओलीले किन बनाउँदैछन संसदलाई बन्धक ?


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले अनुपस्थित भएको छ । संसदमा जारी अवरोध हटाउने लगायतका राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रतिपक्षी दल एमाले अनुपस्थित भएको हो ।

सर्वदलीय बैठकमा एमाले अध्यक्ष एवंम प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँगै बैठकमा पार्टीका कुनैपनि नेताको अनुपस्थिति देखिएको थिएन । अध्यादेश ल्याएर आफ्नो दल फुटाएको र सभामुख त्यसमा सहयोगी बनेको भन्दै एमालेले निरन्तर संसदमा विरोध गर्दै आएको छ। गैरसंवैधानिक अध्यादेश ल्याएर गर्नुपर्ने जति सबै काम गरेपछि बोलाइएको सर्वदलीय बैठकको कुनै अर्थ नहुने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । अध्यक्ष केपी शर्मा ओली र एमालेका कुनै पनि प्रतिनिधि बैठकमा सहभागि नभएको र अन्य बैठकमा पनि सहभागि नहुने भट्टराईको जिकिर थियो ।

यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिस्कार गरेको थियो । सभामुखले आफूहरुले कारवाही गरेका १४ सांसदको सूचना टाँस गर्नुपर्ने या आफैले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने भन्दै त्यो बाहेकका ऐजेन्डामा कुनै छलफल नहुने अडानमा एमाले रहेको छ । यही विषयमा एमालेले संसदमा अवरोध जारी राखे पनि सभामुखले भने सदनका कारवाही पेलेरै अगाडि बढाइरहनुभएको छ । विगत र वर्तमानका कतिपय संसदीय घटनाले एमाले संसदप्रति उत्तरदायी र जिम्मेबार बन्न चाहादैन भन्ने समेत देखाएको छ ।

नेताहरुको व्यक्तिगत कुण्ठा र पार्टीगत प्रतिसोध साध्ने थलोका रुपमा बारम्बार संसद अबरुद्ध गर्ने किर्तिमान रचेको एमालेले २०५४, ०५५ ताका ४३ दिन लामो संसद अवरोधको रेकर्ड समेत राखेको थियो । अहिले पनि बिनाकारण आफैले दुई दुई पटक विघटन गरेको संसदप्रति एमाले अध्यक्ष ओली र पार्टी उत्तरदायी बन्न नचाहेको संकेत देखिएको छ । यहि कारण पनि एमालेले आफ्नै पार्टीका तत्कालिन सभामुख सुभाषचन्द्र नेम्वाङले विगतमा गरेको संसदीय व्यवहार बिर्सिएर आफ्नो स्वार्थ पुरा नहुँदाको आक्रोश पोखिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6