Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपल शाह अझै थुनामै रहने, पीडितले बयान फेर्दा पनि किन छुटेनन ?

पल शाह अझै थुनामै रहने, पीडितले बयान फेर्दा पनि किन छुटेनन ?


काठमाडौं । जबरजस्ती करणीको आरोपमा पक्राउ परेका अभिनेता पल शाह (पूर्णविक्रम शाह) लाई थुनामै रहने भएका छन् । उच्च अदालत पोखराका न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई पुर्पक्षका लाथि थुनामा पठाउने तनहुँ अदालतकै फैसला सदर गरेसँगै थुनामै रहने भएका हुन ।

उच्च अदालत पोखराका उपरजिस्टार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले नाबालिकालाई जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका शाहले उच्च अदालत पोखरामा दिएको निवेदनमाथी फैशला गर्दै जिल्ला अदालतकै आदेश सदर गरिएको जानकारि दिनुभयो । शाहका तर्फबाट कानुन व्यवसायीले तनहुँ जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध गएको मङ्गलवार उच्च अदालतमा निवेदन दिनुभएको थियो । तनहुँ जिल्ला अदालतको चैत १० को आदेशले शाहलाई पुर्पक्षका लागि जेल चलान गरेको थियो । यसपछि पीडित पक्षले बयान फेरेका कारण पल छुट्ने आँकलन गरिएको थियो । तर प्रारम्भिक बयानसँगै अनुसन्धानका क्रममा प्राप्त तथ्य प्रमाणका आधारमा पुरानै फैशला सदर हुनुले पल तत्काल हिरासतमुक्त हुने संभावना टरेको छ ।

के हो त चर्चामा रहेको पल प्रकरण ?
गत फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कृत भएकी भनिएकी नाबालिक गायिकाका बुवाले नायक शाहविरुद्ध जाहेरी दिनुभएको थियो । उजूरीमा सुटिङका क्रममा विभिन्न होटलमा जबरजस्ती करणी गरिएको जिकिर गरिएको थियो । लगत्तै पीडित गायिकाले समेत जाहेरी दिनुभएको थियो । चार दिनपछाडि अर्थात १५ फागुनमा पलले प्रहरी समक्ष आत्मसमर्पण गरे । जिल्ला अदालत तनहुँले शाहलाई चैत १० गते थुनछेक आदेश जारी गर्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो।

बकपत्र सुरु भएसँगै जाहेरवाला पक्षले एकाएक बयान फेरेपनि पल प्रकरण एकाएक नयाँ मोडमा प्रवेश गरेको चर्चा चुलिएको थियो । नाबालिग पीडित किशोरीले जिल्ला अदातलमा बयान फेर्दै आफूमाथि बलात्कार नभएको बताएकी थिइन । बकपत्रमा पीडित बालिकाले बयान फेर्दै पलले आफूलाई बलात्कार गरेको नभई आफूले अरुको उक्साहटमा जबर्जस्ती करणीको जाहेरी दिएको दाबी गरेकी थिइन् । जाहेरी आफैँले दिएपनि जबर्जस्ती करणी नभएको भनेर पीडित किशोरिसँगै बुबाले समेत बयान फेरेपछि मुद्धामा नयाँ कोर्ष सुरु भएको दाबी गरिएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6