Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमिटरब्याजी र हुण्डी कारोबारी विरुद्ध आक्रामक बन्दै नेपाल प्रहरी, अब कोही बच्न नसक्ने !

मिटरब्याजी र हुण्डी कारोबारी विरुद्ध आक्रामक बन्दै नेपाल प्रहरी, अब कोही बच्न नसक्ने !


काठमाडौं । अबैध ऋण लगानी (मिटर व्याज) गरी दिएको रकमको धेरै गुणा रकम तिरिसक्दा समेत तमसुक, चेक वा दृष्टीबन्धक जग्गा फिर्त्ता नदिई उठीवास गराउने, हुण्डी मार्फत ठूलो रकम बाहिर पठाउने र नेपाल ल्याउनेविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विशेष अप्रेशनलाई तिब्रता दिएको छ । केन्द्रिय अनुसन्धान ब्यूरोले अनुसन्धान गर्ने प्रहरी कार्यालयहरुलाई आवश्यकतानुसार सहयोग समेत गरिरहेको जानकारी गराउदै यस्ता कसूरमा संलग्न व्यक्तीहरुलाई कानून बमोजिम कारवाही गराउनका निमित्त कोही व्यक्ती पीडित भए आधार प्रमाण सहित नजिकका प्रहरी कार्यालयहरुमा उजुरीसहित उपस्थित हुन आह्वान गरेको छ ।

ब्यूरोले वैदेशिक रोजगारीको प्रलोभन, फोन, मेल र सामाजिक संजालको दुरुपयोग गरी वा सामाजिक संजालमा साथी बनाई चिट्ठा ठगी, उपहारका नाममा ठगी, सस्तो मुल्यमा सामान पठाई दिने भनि ठगी, विदेशी नागरीकहरुको आवरणमा आकर्षक गन्तव्यमा पठाई दिने, बिहे गर्ने, व्यापारीक साझेदार बनाउने वा सामाज सेवाका नाममा डलरले भरिएका बाक्सका फोटोहरु देखाई एवं झुठा श्रव्य दृष्य सामग्रीहरु समेत पठाई भ्रममा पारी ठगी गर्ने, नजिकका व्यक्ती बनी आकस्मिक रुपमा फोनका माध्यमवाट पैसा मागि ठगी गर्ने, मोबाइल बैंकिङका पासवर्ड र बैंकका विवरणहरु मागी रकम झिक्ने, सामाजिक संजालमा भिडियो कल गरी अश्लिल फोटो तथा भिडियो लिई अपलोड गरिदिने धम्कि दिई आपराधिक लाभ लिने लगायतका गतिबिधिमा नलाग्न सबैलाई सचेत गराएको छ । यस्तै, नेपालीहरुको बैंक खातामा अबैध रकम जम्मा गर्न लगाई हुण्डी मार्फत विदेशमा पठाउन लगाउने वा नचिनेका व्यक्तिहरुलाई पैसा दिन लगाई आपराधिक कार्यमा संलग्न गराउने, नेपालमा प्रतिबन्धित डिजिटल मुद्रा, क्रिप्टोकरेन्सी, डिजिटल नेटवर्किङ व्यवसाय र अनलाईन जुवा आदिवाट धेरै गुणा प्रतिफल दिनेभनि प्रलोभनमा पारी ठगी गर्ने लगायतका सम्बन्धमा प्रहरी कार्यालयहरुमा निरन्तर उजूरीहरु प्राप्त हुने गरेकोले आफन्तजनहरु समेतमा यस्ता अवांच्छित कार्यहरुका सम्बन्धमा सचेतना बढाई सजगता अपनाउन र यस्ता ठगीजन्य कार्यहरुवाट बच्न सतर्क गराएको छ ।

केही पीडितहरुले काठमाडौं लगायतका विभिन्न स्थानहरुमा पटक÷पटक धर्ना, जुलुस लगायतका विरोधका कार्यक्रमहरु आयोजना गरी शान्ति सुरक्षा समेतमा प्रतिकूल असर पार्ने काम गरेको तर्फ समेत ध्यानाकर्षण गराउँदै ब्यूरोले असार नौँ गते नै मिटर ब्याजी पश्चिम नवलपरासी प्रतापपुर ०९, बेलाटारी का ५६ वर्षिय सुनिल बानिया भन्ने सुनिल कुमार गुप्ता र वर्ष ६५ का जगदिश बानिया भन्ने जगदिश कानु समेतलाई कानून बमोजिम नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको जानकारि गराएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6