Monday, 27 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalभोलि काठमाडौं-नागढुंगा सुरुङमार्ग उद्घाटन हुँदै, तत्काल सर्वसाधारणलाई रोक

भोलि काठमाडौं-नागढुंगा सुरुङमार्ग उद्घाटन हुँदै, तत्काल सर्वसाधारणलाई रोक


काठमाडौं- नागढुंगा सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिने भएको छ। तर सुरुवाती चरणमा सर्वसाधारणका सवारी साधनलाई भने सुरुङमार्ग प्रयोग गर्न दिइने छैन।

उद्घाटनसँगै एम्बुलेन्स, दमकल, नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायका आपतकालीन सवारीसाधनलाई मात्रै सुरुङमार्गमा प्रवेश दिइने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले आफैं सवारी चलाएर सुरुङमार्गको उद्घाटन गर्ने तयारी छ।

सडक विभागका अनुसार सुरुङमार्गको सुरक्षा परीक्षण र सञ्चालन प्रणाली व्यवस्थित गर्न सुरुमा आपतकालीन सवारीसाधन मात्रै सञ्चालन गरिनेछ। त्यसपछि अवस्था मूल्यांकन गर्दै चरणबद्ध रूपमा सर्वसाधारणका सवारीसाधनलाई पनि अनुमति दिइनेछ।

मोटरसाइकल, तीनपांग्रे, साइकल तथा पेट्रोल, डिजेल, एलपी ग्यासजस्ता अत्यधिक प्रज्वलनशील वा विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई सुरुङमार्गमा प्रवेश दिइने छैन। पैदल यात्रुले पनि सुरुङमार्ग प्रयोग गर्न पाउने छैनन्।

सर्वसाधारणका लागि सञ्चालन खुलिसकेपछि कार, भ्यान, पिकअप, ट्र्याक्टर र माइक्रोबसले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ टोल तिर्नुपर्नेछ।

मिनीबस, मिनी ट्रक र मिनी टिपरका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिने शुल्क ८० रुपैयाँ तोकिएको छ।

बस तथा सिंगल रियर एक्सल ट्रकले प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ। मल्टी एक्सल ट्रक तथा भारी उपकरणका लागि प्रवेश शुल्क ६०० रुपैयाँ र बाहिरिने शुल्क २५० रुपैयाँ निर्धारण गरिएको छ।

काठमाडौंको बलम्बु र धादिङको सिस्नेखोलालाई जोड्ने यो सुरुङमार्ग सञ्चालनमा आएपछि हालको करिब ८ किलोमिटर दूरी घटेर ५ किलोमिटरमा सीमित हुनेछ।

दूरी करिब २.८ किलोमिटर छोटिने भए पनि यसले जाम कम गर्ने, यात्रा समय घटाउने र इन्धनको खपत बचत गर्ने अपेक्षा गरिएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-27' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6