Tuesday, 8 September 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepal

अब संसद बैठकमा कालो चस्मा लगाएर उपस्थित नहुन आग्रह गरिएको छ।

बुधबार सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समिति बैठकमा सबै दलका प्रमुख सचेतक र सचेतकलाई आफ्ना सांसदहरूलाई संसद बैठकमा कालो चस्मा नलगाउन आग्रह गर्न अनुरोध गरेका हुन्।

संसद बैठकमा कालो चस्मा लगाएर उपस्थित हुने विषयमा केही समयदेखि प्रश्न उठ्दै आएको थियो।

कांग्रेसकी प्रमुख सचेतक बासना थापाले पनि संसदको मर्यादा कायम गर्न सांसदसँगै प्रधानमन्त्री र मन्त्रीहरूमा पनि समान मापदण्ड लागू हुनुपर्ने धारणा राख्दै आएकी थिइन्।

रास्वपाका सचेतक प्रकाशचन्द्र परियारका अनुसार संसदको गरिमा, अनुशासन र मर्यादा कायम गर्ने उद्देश्यले यस्तो आग्रह गरिएको हो।

बैठकमा सांसदहरूले संसदको लोगो लगाएर उपस्थित हुने, मर्यादित पोशाक लगाउने तथा बैठक चलिरहेका बेला लबीमा अनावश्यक रूपमा लामो समय नबस्ने विषयमा पनि छलफल भएको थियो।

हालसम्म यो औपचारिक कानुनी प्रतिबन्ध नभई संसदीय आचरण र मर्यादासम्बन्धी आग्रहका रूपमा आएको हो।

अब आगामी संसद बैठकहरूमा सांसद, मन्त्री तथा प्रधानमन्त्रीले यस आग्रहलाई कसरी कार्यान्वयन गर्छन् भन्ने विषयलाई चासोका साथ हेरिएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-09-08' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6