Tuesday, 8 September 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeInternationalदक्षिण कोरियामा ट्यांकीभित्र पसेका नेपाली श्रमिकको मृत्यु

दक्षिण कोरियामा ट्यांकीभित्र पसेका नेपाली श्रमिकको मृत्यु


दक्षिण कोरियाको जेजुमा सुँगुर फार्मको फोहोर प्रशोधन गर्ने ट्यांकीमा फसेका सहकर्मीलाई उद्धार गर्न पसेका नेपाली श्रमिकको मृत्यु भएको छ।

ताप्लेजुङका ३२ वर्षीय विकास शेर्पाको उपचारका क्रममा मृत्यु भएको दक्षिण कोरियास्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासका अनुसार शनिबार पानीमुनिको पम्प जाँच गर्न ट्यांकीमा पसेका भियतनामी श्रमिक समस्यामा परेका थिए। उनलाई उद्धार गर्न शेर्पा पनि ट्यांकीभित्र पसेका थिए।

उद्धार टोलीले दुवै जनालाई हृदयगति बन्द भएको अवस्थामा ट्यांकीबाट बाहिर निकालेको थियो। त्यसपछि अस्पताल पुर्‍याइएका दुवैको उपचारका क्रममा मृत्यु भएको हो।

घटनाबारे थप विवरण तथा दुर्घटनाको कारणबारे स्थानीय निकायले अनुसन्धान गरिरहेको जनाइएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-09-08' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6