Tuesday, 8 September 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalअस्ट्रेलियाली संसद्मा प्रधानमन्त्री अल्बानिजले उठाए रसुवामा आएको बाढी

अस्ट्रेलियाली संसद्मा प्रधानमन्त्री अल्बानिजले उठाए रसुवामा आएको बाढी


रसुवामा आएको विनाशकारी बाढीको विषय अस्ट्रेलियाको संसद्मा पनि उठेको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले संसद्मा सम्बोधन गर्दै बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री अल्बानिजले नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढीले ठूलो विनाश निम्त्याएको बताएका छन्। बाढीमा परी ३६ जना अस्ट्रेलियाली नागरिक अझै सम्पर्कविहीन रहेको उनले जानकारी दिएका छन्।

उनले बाढीका कारण धेरैले आफ्ना प्रियजन, घर तथा जीवनयापनका आधार गुमाएको उल्लेख गर्दै बेपत्ता भएकाहरू भेटिने आश हरेक दिन कमजोर बन्दै गएको बताएका छन्।

नेपालले राष्ट्रिय शोक मनाइरहेका बेला अल्बानिजले नेपालीहरूप्रति सहानुभूति व्यक्त गर्दै विपद्को यो घडीमा नेपाल एक्लै नरहेको बताएका छन्।

उनका अनुसार, उनले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन कुराकानी गरी अस्ट्रेलियाको तर्फबाट समवेदना व्यक्त गरेका छन्।

अस्ट्रेलिया सरकारले त्यहाँ रहेका नेपाली, तिब्बती र भारतीय समुदायसँग समन्वय गरिरहेको तथा राहतका लागि अस्ट्रेलियाली जनताले गरेको सहयोगको पनि उनले प्रशंसा गरेका छन्।

रसुवामा आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। सरकारले दिएको पछिल्लो तथ्यांकअनुसार १ हजार ३ सय ५५ जनाको शव फेला परेको, ४ हजार ९ सय ५६ जना सम्पर्कविहीन रहेको र १३ हजार ३ सय ९६ जनाको उद्धार गरिएको छ। उद्धार तथा खोजी कार्य अझै जारी छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-09-08' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6