Tuesday, 8 September 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalजेनजी प्रदर्शनको एक वर्ष

जेनजी प्रदर्शनको एक वर्ष


आज भदौ २३, एक वर्षअघि आजकै दिन नेपालमा जेनजी प्रदर्शन भएको थियो।

छयत्तर जनाले ज्यान गुमाए, २६ सयभन्दा बढी घाइते भए। अर्बौं रुपैयाँ बराबरको निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको यो प्रदर्शनले आखिर नेपाल र नेपालीलाई के दियो त? आज म तपाईंलाई यस प्रदर्शनले दिएका ५ मुख्य कुरा बताउँदैछु।

सबैभन्दा पहिले, यो प्रदर्शनले नयाँ पुस्तामा राजनीतिक चेतना बढाएको छ।

‘मलाई राजनीतिमा इन्ट्रेस्टेड नै छैन’ भन्ने युवा पुस्तालाई राजनीति सबैको चासोको विषय हो र बन्नुपर्छ भन्ने चेतना र शिक्षा दिएको छ। राजनीति हामीभन्दा टाढाको विषय रहेनछ भन्ने ज्ञान युवा पुस्ताले पाएका छन्। त्यस्तै, युवाहरूको ठूलो समूहलाई सदन र सरकारमा समेत पुर्‍याएको छ।

त्यस्तै, पुराना र ठूला दलले जे गरे पनि हुन्छ भन्ने भ्रमको पर्दा पनि यो प्रदर्शनले च्यातिदिएको छ। पार्टीमा ‘म नै सर्वेसर्वा हुँ, मैले जे गरे पनि हुन्छ’ भन्नेहरूलाई एकैपटक मूल सत्ताबाट किनारामा पुर्‍याइदिएको छ।

कुनै पनि दलप्रति अन्ध समर्थन गर्नेभन्दा पनि कामका आधारमा मूल्यांकन गर्ने राजनीतिक चेतना बलियो बन्न थालेको छ।

नेपालीहरूले सत्तामा जो पुगे पनि लामो समयदेखि अनुभव गर्न नपाएको कुरा भनेको सुशासन हो। यस प्रदर्शनले सरकार चलाउनेले जे गरे पनि जनता चुप लागेर बस्नु हुँदैन भन्ने भावना बलियो बनाएको छ। जेनजीले भ्रष्टाचार, बेथिति, पहुँचका आधारमा हुने काम र नेताहरूको जवाफदेहितामाथि खुलेर प्रश्न गर्न थालेको छ। सुशासन र जवाफदेहिता कायम गर्न सरकारमाथि जनदबाब बढेको छ।

त्यस्तै, यस प्रदर्शनले नेपाललाई झन्डै दुई तिहाइ बहुमतको सरकार दिएको छ। विसं २००७ सालमा प्रजातन्त्र बहालीपछि दलहरूले बिरलै पाएको बलियो सरकार बनाउने अवसर रवि लामिछाने नेतृत्वको रास्वपाले पाएको छ।

२००७ सालमा प्रजातन्त्र बहालीपछि नेपालमा हरेक १०–२० वर्षमा जनप्रदर्शन भएका छन्। हरेक पटकको प्रदर्शनले नेपालमा परिवर्तनको लहर ल्याएको छ। तर, जनताको बलमा सत्तामा पुगेका दल र नेताहरूको गैरजिम्मेवारपनले जनताको भावनामा पटकपटक कुठाराघात भएको छ।

विगतमा जस्तै यसपालि पनि जनताले रवि लामिछाने र बालेन शाहलाई विश्वास गरेर शक्तिमा पुर्‍याएका छन्। उनीहरूले विगतबाट पाठ सिकेर, विगतका गल्तीबाट जोगिँदै नेपाललाई निकास दिनुपर्छ।

हुन त सरकार गठन भएको ६ महिनामै रसुवामा आएको बाढीले देशलाई अर्को संकटमा पुर्‍याएको छ। यसको मतलब देशको अर्थतन्त्र उकास्न केही समय लाग्न सक्छ। तर, सफा नियत राखेर काम गर्ने हो भने जनताले महसुस गर्ने गरी सुशासन र जवाफदेहिता कायम गर्न भने असम्भव छैन।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-09-08' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6