Sunday, 25 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Nepal ∕ पृथ्वी राजमार्गमा रात्रिकालीन सवारी आवागमन रोक

पृथ्वी राजमार्गमा रात्रिकालीन सवारी आवागमन रोक


धादिङमा भारी वर्षाका कारण पृथ्वी राजमार्गमा रात्रिकालीन सवारी आवागमन रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले आज राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म राजमार्गमा सवारी चलाउन रोक लगाएको हो।

बाढी, पहिरो र डुबानको जोखिम बढेको तथा आगामी दिनमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमानपछि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।

प्रशासनले जोखिमयुक्त क्षेत्रमा नजान तथा मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।

साथै, सम्बन्धित निकायले जारी गर्ने सुरक्षा निर्देशनको पूर्ण पालना गर्न यात्रु तथा चालकलाई अनुरोध गरिएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-25' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6