Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रधानमन्त्री ओली भन्छन्, ‘बेड अभाव छैन’, अस्पतालमा संक्रमितको बेहाल !

प्रधानमन्त्री ओली भन्छन्, ‘बेड अभाव छैन’, अस्पतालमा संक्रमितको बेहाल !


काठमाडौं । उपत्यकासहित देशभरका अस्पतालका बेडमा संक्रमित भरिएका छन् । बेड नहुँदा अक्सिजन सिलिण्डको सपोर्टमा संक्रमितहरु सिँढीदेखी पीडिसम्मै भरिएका छन् । तर देशभर संक्रमित र परिवारको चित्कास बढिरहँदा, अक्सिजनको हाहाकार मच्चिदा प्रधानमन्त्री केपी शर्मा ओली भने अझ पनि उपचारका लागि बेडको अभाव नभएको जिकिर गरिरहेका छन् ।

शुक्रबार देशकै ठूलो सिटीहल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बिरामीहरुको उपचारका लागि बेडको अभाव नभएको उस्तो दाबी प्रस्तुत गरे । ‘हामीसँग बेडको अभाव छैन, सुविधा सम्पन्न अस्पताल जान चाहने धेरै देखिन्छन्, अक्सिजनसहितका बेडहरू, अन्य उपकरणसहितका बेडहरू, चिकित्सक सहितको बेडको प्रबन्ध गर्ने तयारी गरेका छौँ, देशभित्रका प्लान्टलाई पूर्ण क्षमतामा सञ्‍चालन गर्ने प्रयास गरिएको छ’, प्रधानमन्त्री ओलीले भनेका छन् । सरकार र सरोकारवाला निकाय, संघसंस्थाहरू तीव्रताका साथ उपचारका लागि आवश्यक पर्ने उपकरणहरू कमी हुन नदिने गरी तयारीमा जुटेको दाबी समेत प्रधानमन्त्रीले गरे । तर प्रधानमन्त्रीको यस्तो दाबी आइरहँदा समेत राजधानीकै अस्पतालहरुमा वेड नपाएर बिरामीहरु हारगुहार गरिरहेका थिए ।

राजधानीकै विभिन्न अस्पतालमा कोरोना संक्रमितहरु बेड नपाएर बाहिर उपचार गराउन बाध्य भएका दृश्यहरु भाइरल बनिरहेका छन् । कतिपय जनस्वास्थ्यविद् र बिरामीका आफन्तहरु प्रधानमन्त्रीको झुठो बिबरणसहितको अभिव्यक्तिबाट आजित भएर भनिरहेका छन्, सरकारले हाम्रो बिजोक देखेन वा हाम्रो चित्कार सुनेन वा फगतको तथ्यांक देखाएर नागरिकको स्वास्थ्यमाथी खेलबाड गरिरहेको छ ? अधिकांश निजी अस्पतालले यतिबेला अक्सिजन र बेड अभाव कै कारण नयाँ बिरामी भर्ना नगर्ने भनेर सार्वजनिक सूचना समेत जारी गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6