Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News८ हजार ५२० संक्रमित थपिएको नेपालमा एकैदिन २०३ जनाको मृत्यु

८ हजार ५२० संक्रमित थपिएको नेपालमा एकैदिन २०३ जनाको मृत्यु


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ५२० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २० हजार ९४८ जनाको पीसीआर परीक्षण र ५३० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट ८ हजार ५२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख २९ हजार ६५८ पुगेको छ ।

काठमाडौं उपत्यकामा उच्च संक्रमण
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ३४९ जनामा संक्रमण पुष्टि भएको छ । यी मध्ये काठमाडौंमा २ हजार ४५८, भक्तपुरमा ३३५ र ललितपुरमा ५५६ जना संक्रमित थपिएका हुन ।

कहाँ कति थपिए संक्रमित ?
प्रदेश १ को इलाममा २, उदयपुरमा ११, ओखलढुंगामा ७, खोटाङमा ४, झापामा ८७, ताप्लेजुङमा ८१, तेह्रथुम ८, धनकुटामा ४३, पाँचथर २, भोजपुरमा ४, मोरङमा ४३४, संखुवासभामा ४, सोलुखुम्बु २१ र सुनसरी १९७ जना, प्रदेश २ को धनुषामा १४१, पर्सामा १३८, बारामा ४५, महोत्तरीमा ३४, रौतहटमा ६५, सप्तरीमा ३२, सर्लाहीमा १६ र सिरहामा २९ जनामा कोरोना पुष्टि । बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार ४५८ जना, काभ्रेमा १६८, चितवनमा २८७, दोलखामा २१, धादिङमा ७३, नुवाकोटमा ६७, भक्तपुरमा ३३५, मकवानपुरमा १५६, रसुवामा ५, रामेछापमा ४२, ललितपुरमा ५५६, सिन्धुपाल्चोकमा ६२, सिन्धुली ७७ जना, गण्डकी प्रदेशको कास्कीमा २८४, गोरखामा ९०, तनहुँमा १२, नवलपरासी पूर्वमा ७४, पर्वत ५३, म्याग्दी ४६, लमजुङमा ३०, बागलुङमा १० र स्याङजामा ३१ जना संक्रमित थपिएका छन् । लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २४, कपिलवस्तुमा ४७, गुल्मीमा ११७, दाङमा १४४, नवलपरासीमा ५, पाल्पामा १०८, प्यूठानमा ३, बर्दियाका १९, बाँकेमा ८७, रुकुम पूर्व १, रुपन्देहीमा ५२२ र रोल्पामा ५७, कर्णाली प्रदेशको कालिकोटमा १५, जाजरकोटमा ६१, जुम्ला १४, दैलेखमा ८, रुकुम पश्चिममा २७, सल्यानमा ५९, सुर्खेतमा २८८ , हुम्लामा ७७ जना, सुदूरपश्चिम प्रदेशको अछाममा ७७, कञ्चनपुरमा २२३, कैलालीमा ९७, डडेल्धुरामा ४२, डोटी १३, दार्चुला ३, बाजुरामा १ र बैतडीमा ६४ जना संक्रमित थपिएका छन् ।

उमेर समूह अनुसार संक्रमण
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अर्थात २ हजार ६ जना ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना संक्रमण पहिचान भएको छ ।
०–९ वर्ष – १९२
१०–१९ वर्ष – ५१०
२०–२९ वर्ष – १८७५
३०–३९ वर्ष – २००६
४०–४९ वर्ष – १५१६
५०–५९ वर्ष – १२२९
६०–६९ वर्ष – ६७०
७०–७९ वर्ष – ३०९
८०–८९ वर्ष – ११७
९०–१०० वर्ष–१९
अज्ञात – २४

‘रेड जोन’मा परेका ५३ जिल्लाहरु
नेपालका ५३ जिल्लामा कोरोना भाइरस संक्रमणको दर तीव्र देखिएको छ । यी मध्येपनि ३४ जिल्लामा पाँच सयभन्दा बढी र अन्य १९ जिल्लामा दुई सय बढी कोरोना संक्रमित रहेको सरकारी तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, सुनसरी, झापामा, प्रदेश २ को पर्सा, धनुषा, महोत्तरी, रौतहट र बारामा, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट र सिन्धुली, गण्डकी प्रदेशको कास्की, गोरखा, नवलपरासी पूर्वमा, लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया, पाल्पा, रुपन्देही, अर्घाखाँची, नवलपरासी पश्चिम र कपिलवस्तुमा, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, बैतडी र अछाम पनि पाँच सय बढी सक्रिय संक्रमित छन् ।

यसैगरि, प्रदेश १ को ताप्लेजुङमा, प्रदेश २ को सर्लाही, सप्तरी र सिरहामा, बागमती प्रदेशको रामेछाप, दोलखा र रसुवामा, गण्डकी प्रदेशको पर्वत, तनहुँ, म्याग्दी, स्याङ्जा र लमजुङ, लुम्बिनी प्रदेशको गुल्मी र रोल्पा, कर्णाली प्रदेशको जाजरकोट, दैलेख र सल्यान र सुदुरपश्चिम प्रदेशको डडेलधुरा र डोटी दुई सयभन्दा बढी संक्रमित रहेका छन् ।

१हजार ७०५ संक्रमित आईसीयू र भेन्टिलेटरमा
पछिल्लो सरकारी तथ्यांक अनुसार देशभरका १ हजार ३३४ कोरोना संक्रमितको आईसीयूमा र ३७१ को भेन्टिलेटरमा उपचार भैरहेको छ । प्रदेश १ मा १९० जना आईसीयूमा र ५५ भेन्टिलेटरमा, प्रदेश २ मा १८९ आईसीयूमा र ४० जनाको भेन्टिलेटरमा, बागमती प्रदेशमा ४५२ जना आईसीयूमा र २२० जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ९२ जना आईसीयूमा र १९ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १६४ जना आईसीयूमा र १६ जना भेन्टिलेटरमा, कर्णालीमा १०८ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४९ जना आईसीयू र १५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

एकैदिन ६ हजार १३५ जनाले कोरोना जितेका छन् । योसँगै कोरोना जित्नेहरुको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ । पछिल्लो २४ घण्टामा २ सय ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ६६९ पुगेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6