Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रधानमन्त्री ओली चुनावको तयारीमा, विपक्षी कानुनी लडाइँ लड्ने !

प्रधानमन्त्री ओली चुनावको तयारीमा, विपक्षी कानुनी लडाइँ लड्ने !


काठमाडौं । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेका प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दाबी राष्ट्रपतिले अस्विकार गरेर पुनः संसद विघटन भएसँगै नेपाली राजनीति ध्रुबिकृत भएको छ । प्रधानमन्त्री ओली निर्वाचनको तयारी भन्दै विर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त आयुक्तसँगको छलफलमा जुट्दा विपक्षी गठबन्धनका नेताहरु कानुनी लडाइँको तयारीसहित बैठकमा छन् । सभामुख अग्नि सापकोटा समेत सघन परामर्शमा छन् ।

सभामुख कानुनी परामर्शमा
संसद विघटनपछि सभामुख अग्नि सापकोटाले सघन परामर्श थालेका छन् । राजनीतिक दलका शीर्ष नेता र संविधानविदहरुसँग परामर्श थालेका सभामुख सापकोटाले सम्भवतः आजै आफ्नो धारणा सार्वजनिक गर्नेछन् । सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले कानुन व्यवसायी, नेता सांसदहरुसँगको परामर्शपछि आवश्यक कदम चाल्नेसम्मको तयारी भैरहेको जानकारी दिए । यसअघि गत पुस ५ गते पनि संसद विघटन गर्दा सभामुख सापकोटाले विरोध जनाएका थिए । माओवादी केन्द्रको नेता हुँदै सभामुख बनेका सापकोटा र प्रधानमन्त्री ओलीबीच तिक्ततापूर्ण सम्बन्ध रहँदैआएको छ ।

कानुनी उपचारको तयारीमा विपक्षी गठबन्धन
प्रधामन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारिको मिलेमतोमा सुनियोजित रुपमा संसद विघटन गरेर चुनाव घोषणा गरिएको निष्कर्षसकित विपक्षी गठबन्धन कानुनी लडाइँ लड्ने भएका छन् । संसद भवनको ल्होत्से हलमा जारी विपक्षी गठबन्धनको बैठकले संसद विघटनको निर्णय विरुद्ध चाल्ने कदम बारे निर्णय लिने बताइएको छ ।

शुक्रबार विपक्षी गठबन्धनले १४९ सांसदको हस्ताक्षर सहित वैकल्पिक प्रधानमन्त्रीको रूपमा काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई अघि सारेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूलाई १५३ सांसदको समर्थन रहेको भन्दै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले दुवैको दाबी नपुगेको भन्दै मध्यराति संसद विघटन गरी कात्तिक अन्तिम साता र मंसिर पहिलो साता चुनावको मिति घोषणा गरेकी थिइन् । यसअघि पनि गत पुष ५ गते संसद विघटन गरिएको थियो । तर सर्वोच्च अदलातको संबैधानिक इजलासको फागुन ११ गतेको फैसलाबाट संसद पुनस्र्थापना भएको थियो ।

चुनावी परामर्शमा प्रधानमन्त्री ओली
संसद विघटनमार्फत कात्तिक २६ र मंसिर ३ मा प्रतिनिधिसभा निर्वाचन गराउने घोषणा गरेका प्रधानमन्त्री ओली निर्वाचन आयोगसँग छलफलमा जुटेका छन् । प्रमुख निर्वाचन आयुक्तसहित आयुक्तहरुसँग निर्वाचनको लागि आवश्यक तयारी र सरकारको तर्फबाट चाहिने सहयोगका बारेमा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री बिष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र पूर्व महान्यायाधिवक्ता अग्नि खरेल बीच छलफल भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित आयुक्तहरु बैठकमा सहभागी भएका छन् ।

‘प्रतिगमन भाग २’ सुरु भएको एमाले बरिष्ठ नेता नेपालको निष्कर्ष
एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली संसद विघटन गरेर चुनावमा जुट्दैगर्दा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सभने ंसद विघटन गरी चुनावमा जाने निर्णयलाई ‘प्रतिगमन भाग २’को संज्ञा दिंदै प्रतिवाद गर्न आह्वान गरेका छन् । सामाजिक सन्जालमार्फत् प्रतिक्रिया सार्वजनिक गर्दै नेता नेपालले ‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ । प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो ।’ राष्ट्रपति र प्रधानमन्त्रीको चर्को आलोचना गरेका नेता नेपालले डटेर प्रतिवाद गर्न आह्वान गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6