Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपछिल्लो राजनीतिक परिस्थिति र जसपा नेताहरुको भारतीय दूतावास कनेक्सन !

पछिल्लो राजनीतिक परिस्थिति र जसपा नेताहरुको भारतीय दूतावास कनेक्सन !


काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको सुनियोजित षड्यन्त्रबाट संसद विघटनसँगै चुनावको घोषणा गरिएको भन्दै नेकपा एमालेको केपी ओली पक्षका नेता र सांसद बाहेकले चर्को बिरोध गरिरहेका छन् ।

सत्ता र शक्तिको भरपुर उपयोग गरिरहेका प्रधानमन्त्री ओली कोरोना महामारिको रोकथाम र संक्रमितको उपचारमा गम्भिर बन्नुको साटो जे जस्ता षड्यन्त्र रचेर भएपनि सत्तामा टाँसिने र आफ्नै नेतृत्वमा कथित चुनाव गराउने योजनामा सफल भएका छन् । शुक्रबार दिउँसो नै पत्रकार सम्मेलन मार्फत आफूले बहुमतको समर्थन नपाएमा संसद बिघटनसँगै चुनावमा जानुपर्ने बाध्यता आउने खुलाशा गर्नु र मध्यरातसम्म सितलनिवास र बालुवाटार जागै बसेर अर्को दिन नै नआउने जसरी रातारात सबै खेल खेल्नुले बद्नियत आफै उदांगो गरेको छ ।

किन र कस्को लागि संसद सिध्याएर चुनावमा जाने खेल ?
प्रधानमन्त्री ओली एक्लैले नभइ अन्य अन्तर्राष्ट्रिय शक्तिको इसारामा अहिलेको खेल भैरहेको आरोप चिर्न उत्तर र दक्षिण गरेर समेत बैकल्पिक सरकार गठनमा सफल हुन नसकेको दोष अन्य दलमाथी लगाउने काम गरेका थिए । तर प्रधानमन्त्रीलाई अहिलेको कदम चाल्न सहज वातावरण बनाइरहेका जनता समाजवादी पार्टीका नेताहरुकै भारतीय दूतावासमा हुने गरेको आवतजावतले यो आशंका प्रधानमन्त्री ओलीतिरै फर्काएको छ ।

शनिबार बिहान पौने ११ बजे मात्रै जसपा नेता राजेन्द्र महतो लैनचौरस्थित भारतीय दूतावास पुगेका थिए । यसअघि गत वैशाख ३० गते प्रधानमन्त्रीमा केपी शर्मा ओली निरन्तर हुने निश्चित भएपछि आफ्ना सांसदहरुलाई भक्तपुरको रिसोर्टमा राखेर वरिष्ठ नेता महतोसँगै जसपाका अध्यक्ष महन्थ ठाकुर भारतीय दूतावास छिरेका थिए। पछिल्लो विकसित राजनीतिक घटनाक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा रहेका यी नेताहरुको भारतीय दूतावासमा लगातार चल्ने दौडधूपलाई यतिबेला चासोका साथ हेरिएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6