Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल-खनालसहित ११ जना एमालेबाट निष्कासित, थप १२ जनासँग स्पष्टिकरण माग

नेपाल-खनालसहित ११ जना एमालेबाट निष्कासित, थप १२ जनासँग स्पष्टिकरण माग


काठमाडौं । नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालसहित विघटित संसदका ११ जनालाई पाटिएको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । स्थायी कमिटीको आज बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्काशित गर्ने र विपक्षी गठबन्धनमा लागेको थप १२ जनामाथी स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

बैठकले शनिवार स्पष्टिकरण मागिएका झलनाथ, माधव र भीम रावलसहित समानुपातिकबाट सांसद बनेका रामकुमारी झाँक्री,मुकुन्द न्यौपाने,कलिला खातुन,सरला यादव, निरादेवी जैरु,पुष्पा कर्ण कायस्थ,लक्ष्मीकुमारी चौधरी र कल्याणी खड्कामाथी कारबाही गरेको हो । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र आफ्नो सरकार ढाल्न हस्ताक्षर गर्ने थप १२ जना नेतालाई पनि कारवाही प्रक्रिया अघि बढाएको छ । विरोध खतिवडा, जीवनराम श्रेष्ठ,घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दिपक प्रकाश भट्ट, नारायण खतिवडामाथी २४ घण्टे स्पष्टिकरण सोधेर कारबाही प्रक्रियालाई अघि बढाइएको छ ।

कारबाही गरिएका नेता भन्छन्, ‘ओली कम्युनिष्ट आन्दोलनका गद्दार’
नेकपा एमालेबाट निष्कासित नेता झलनाथ खनालले आफूहरुलाई गरिएको कारवाहीको कुनै अर्थ नरहने बताउनुभयो । कम्युनिष्ट आन्दोलनका गद्दारले गर्ने कथित कारवाहीको अर्थ नभएको दाबी गरेका खनालले नयाँ पार्टी गठन लगायतका विषयमा पर्याप्त छलफल गरेर अगाडि बढ्ने उद्घोष गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6