Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsखोप ल्याउन र स्वास्थ्यसेवा चुस्त बनाउन प्रधानमन्त्री ओलीको निर्देशन

खोप ल्याउन र स्वास्थ्यसेवा चुस्त बनाउन प्रधानमन्त्री ओलीको निर्देशन


काठमाडौं । प्रधानमन्त्री एवं कोभिड– १९ निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले कोभिड– १९ विरुद्धको लडाइ जित्न उपलब्ध स्वास्थ्य सेवालाई चुस्त दुरुस्त बनाउँदै खोपको समुचित व्यवस्था गर्नेतर्फ ध्यान केन्द्रित गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सम्पन्न समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उपचारमा कुनै किसिमको ढिलाई नगर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्रीले जुनसुकै देशबाट भए पनि प्रमाणित, प्रभावकारी र ढुवानी सहज गर्न सकिने खोपहरुका लागि पहल गर्न परराष्ट्र तथा स्वास्थ्य मन्त्रालय र केन्द्रका प्रमुखलाई विशेष निर्देशन दिनुभएको छ । ‘खोप ल्याउन सकियो भने कोभिड विरुद्धको लडाइँ जितिन्छ । अन्यथा लडाइँ गरिरहनु पर्ने भयो’, प्रधानमन्त्री ओलीले भन्नुभएको छ । सरकारले हालै ल्याएको कोभिड– १९ सम्बन्धी अध्यादेश बमोजिम गठित कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई आवश्यक जनशक्ति र संसाधन सरकारले तत्कालै उपलब्ध गराउने समेत बताइएको छ । प्रधानमन्त्रीले केन्द्रबाट संक्रमणको सम्पूर्ण तथ्य तथ्यांक हासिल गरी उपचार सेवाको अवस्था चिकित्सा कर्मी र स्वास्थ्य उपकरणको उपलब्धताबारे अध्यावधिक जानकारी लिन समेत निर्देशन दिनुभएको छ ।

‘पालिका–पालिकासम्म समन्वय गरी कति संक्रमित छन्, होम आइसोलेशनमा कति बसेका छन् ? कति जँचाउन आएका छन्, कति आएका छैनन्, तिनको अवस्था के छ भन्ने सम्मको पूर्ण जानकारी देखि हामीसँग सुईसम्म कति छ भन्ने कुराको जानकारी लिएर कुनै कुराको पनि अभाव हुन नपाओस् भन्नेतर्फ ध्यान दिनुपर्छ’, प्रधानमन्त्री ओलीको निर्देशनमा भनिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6